Naya Khoz

मालारानी गाउँपालिकाको काम अब वडा बाटै हुने

Posted By: Naya Khoz | January 10, 2020

कोपिला आचार्य : पुस २५ , अर्घाखाँची ।

मालारानी गाउँपालिकाले पालिका स्तरबाट गरिने कामहरुलाई वडा स्तरमा पुगेर सेबाप्रबाह गर्ने गरि अभियान सञ्चालन गरेको छ । पालिका सम्म आउन उपभोक्तासमूहहरुलाई दुख नहोस भनेर घुम्ती सिबिर सञ्चालन गरिएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । योजना समझौता गर्न पालिकामा आउन जनताले दु.ख पाएको गुनासो अल्ली बढि आयो यस पटक उक्त गुनासो सुन्न नपारोस भनेर कार्यपालिकाको बैठक बसेर वडा स्तरमा पुगेर काम सुरु गरेको आचार्यले बताउनु भयो ।

योजना समझौता गर्न बिहिबार वडा न ४ को वडा कार्यालय खनमा आएकास्थानीय दिपक खनालले सिहंदरबारको अधिकार गाउँ गाउँमा आएको अनुभुती भएको बताउनु भएको छ । गत बर्ष योजना समझौता गर्न जादाँ कहिले के नमिलिने कहिले के मिलेन भनेर तीन पटक जादाँ बल्ल समझौता भएको थियो अहिले एक घण्टामानै समझौता देखी बैक खाता समेत खोलिएको बताउनु भयो ।

वडा स्तरमा पालिकाबाट काम गर्न आएपछि वडा स्तरका जनप्रतिनिधी पनि खुसी भएका छन । अब भने जनताको काम सहज हुने भयो मालारानी ४ का वडा अध्यक्ष बिष्णु पाख्रेलले भन्नु भयो यसरी पालिकाको टिमले वडा स्तरमा पुगेर काम गर्दा हामिलाई पनि सजिलो भएको छ । मालारानी गाउँपालिकामा यस आर्थिक बर्षमा चैत्र मसान्त भित्र काम सक्ने गरि योजना बनाएको पालिकाका योजना अधिकृत नेत्र खनालले बताउनु भयो । चैत्र मसान्त सम्म काम सकने र बैशाख मसान्त भित्र भुक्तानी गर्ने गरि कार्ययोजना बनाएर लागेका भन्दै यस बर्ष बाट अषाढमा गरिने कामको अन्त्य हुने खनालले दाबी गर्नु भयो ।

पालिकाले उपभोक्ता समितीहरुलाई प्रशिक्षण समेत दिएको छ । यस बर्ष समझौता भएको अबधीमा काम सम्पन्न नगर्ने समितीलाई जरिमाना समेत लिईने निर्णय भएको छ । बिहिबार दिन भर पानि परेपनि उपभोक्ताहरु वडा कार्यालयमा पुगेर योजना समझौता र बैकं खाता खोल्ने काम गरेको रोमा खनालले बताउनु भयो ।