Naya Khoz

बाँगीका लाेकप्रिय वडा अध्यक्ष भुसालको पहलमा पीडित परिवार लाई आर्थिक सयोग

Posted By: Naya Khoz | December 30, 2019

हरि कुँवर : पुस १४ ,बाँगी अर्घाखाँची ।

बाँगीका लाेकप्रिय वडा अध्यक्ष शाेभाखर भुसाल को पहलमा पीडित थापा परिवार लाई गाउँपालिका बाट आर्थिक सयोग प्रधान गरिएको छ ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न.५ साविक बाँगी ७ कुजेरी निवासी क्यान्सर पिडित राकेश थापा लाई आर्थिक समस्या परेको छ ।

पीडा माथी पीडा भएको छ । उनी माथि अर्को पिडा आईलागेको छ । थापाका एकल छोरा १४ बर्षीय राजन थापा आगोले जलेका छन ।
वडा को पहलमा गाउँपालिका बाट पच्चीस हजार प्रधान गरिएको थियो । हरि कुँवर ,गिता पन्थी , सुर्य कुँवर लगाएत को उपस्तिथि मा उक्त रकम काठमाडौं पढाइएको हो ।

आर्थिक अवस्था कमजोर भएका राकेश थापा को क्यान्सरले गर्दा दाहिने खुट्टा गुमाउनु परेको थियो । थापा को श्रीमती ,तीन छोरी , एक छोरा छन । घर खर्चको अभावले छोरीको नियमित पढाई समेत विग्रिएको उनको परिवारको भनाई छ ।

राकेश थापाका छोरा राजन थापा को दुवै खुट्टा र हात जलेको ले अपरेसन गरी सर्जरी गर्नु पर्ने डाक्टर ले बताउछन् । राजन को उपचार को लागी अनुमानित २०-२२ लाख खर्च आउने हुदा आर्थिक अभाव भएको हो ।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइ रहेको छ ।

वडा अध्यक्ष शोभाखर भुसाल ले आफ्नो वडामा घटेका घटना आफ्नै घरको समस्या सहर भएको ले हतास नहुन समेत आग्रह गर्दै सयोग गर्ने प्रतिबद्धता समेत जाएर गर्नु भएको थियो ।