Naya Khoz

बाग्लुङ जीप दुर्घटनाका मृतक १४ जना सबैको पहिचान खुल्यो

Posted By: Naya Khoz | December 3, 2019

मंसिर १७ । गुल्मीबाट बाग्लुङको निसिखोलाको लागि छुटेको जीप दुर्घटनामा मृत्यु भएका १४ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । ३ जना गम्भिर घाइते भएका छन । १ जना बेपत्ता भएका छन । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

बडिगाउँ जिप दुर्घटनामा मृत्यु भएका १४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा जीप चालक रेशम थापा (२५), गुल्मी इस्मा गाउँपालिका ५ की माया थापा (२३ ), बसुन्धरा कार्की, तुलसी कार्की, भूमि कार्की (४५), मीना कार्की (२५), धनबहादुर कार्की, झवि कार्की (४०), सीता कार्की(४०) अनुसा कार्की (२), महेन्द्र कार्की (४०) र मीना बस्नेत २५ र सुचना कार्की छन् ।