Naya Khoz

अर्घाखाँचीमा यात्रुवाहक बस र कार दुर्घट्ना

Posted By: Naya Khoz | December 2, 2019

मङ्सिर १६ अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङ्गमा यात्रुवाहक बस र कार दुर्घट्ना भएका छन् ।

बुटवलवाट सन्धिखर्क आउदै गरेकाे लु १ ख ८५२५ नं. यात्रुवाहक बस र सन्धिखर्कवाट बुटवल तर्फ जादैगरेकाे बा १९ च ८१४९ नं.काे प्राईवेट कार फुदवाङ्ग नजिकै एक आपसमा ठाेकिएर सामान्य दुर्घटना भएकाे हो ।

दुर्घटनामा कुनै किसिमको मानविय क्षति नभएता पनि भाैतिक क्षति भएकाे छ । दुर्घटना स्थलमा अहिले जिल्ला ट्राफिक प्रहरी पुगि सहजिकरणकाे भुमिका निर्वाह गरिरहेकाे छ ।