Naya Khoz

अर्घाखाँचीमा भएको बस दुर्घटनामा परि मृत्युु भएका १९ जनाको नै सनाखत (नामावली सहित)

Posted By: Naya Khoz | November 28, 2019

मधुसुधन पाण्डे : अर्घाखाँची

अर्घाखाँची जिल्लाको नरपानीमा हिजो बुधवार भएको यात्रु वाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुगेको छ भने १८ जना घाइते भएका छन् । सन्धिखर्कबाट दिउसो १ः३० बजे बुटवलका लागि छुटेको पश्चिम नेपाल बस व्यबसायि प्रालीको लु.२ ख २१४८ नम्बरको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका वडा न –६ नरपानी स्थित रातामाटाको भिरमा दिउसो ३ : ५५ बजेको समयमा दुर्घटनामा परेको थियो । सोही दुर्घटनामा परि मृत्यु हुने १९ जना सबैको सनाखत भएको जनाईएको छ ।

मृत्यु हुनेहरुको नामावली

१) शिवलाल भट्टराई, वर्ष ५६ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा

२) माया पुरी, वर्ष २२ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा

३) शोभाखर पोख्रेल, ३ महिनाको बालक कपिलबस्तु बाणगंगा नगरपालिका – ७ वनगाई

४) बलराम भट्टराई, वर्ष ५४ सन्धिखर्क नगरपालिका – ७ डिहिडाँडा

५) सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका – ८ चप्परगाउँ कपिलवस्तु

६) शैलेस थापा, वर्ष २२ भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ , ठुला डेभा ( प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको )

७) छवीलाल गैरे, वर्ष ५४ भूमिकास्थान नगरपालिका – १०

८) वसन्त भन्ने ओम बहादुर थापा (चालक), ३२ वर्ष गुल्मी मदने गाउँपालिका – २, हाल भैरहवा गैंडहा ७ बस्ने

९) सन्त बहादुर बस्नेत (सन्तोष ब.बस्नेत), (सवारी धनी ) वर्ष ३८ शितगंगा नगरपालिका वार्ड नं. २ (चौराहा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको )

१०) मोनिका खड्का, ९ वर्षिया, सन्धिखर्क नगरपालिका – ७ खाचिकोट काउले

११) राज कुमार महत, वर्ष २७ (सशस्त्र प्रहरी जवान/स.प्र.बल २७ नं. गणरुपन्देहीमा कार्यरत भलिबलका राष्ट्रिय खेलाडी) गुल्मी धुर्कोट गा.पा.२ पलधारा साबिक ३बन्ज्याङ

१२) सिता कुमारी सार्की नेपाली वर्ष ५९ सन्धिखर्क नगरपालिका २

१३) सिता घिमिरे वर्ष ५० भूमिकास्थान नगरपालिका ९

१४) बिष्णुमाया गैरे वर्ष ५० भूमिकास्थान नगरपालिका ९

१५) मैघनाथ जैसी भण्डारी वर्ष ५१ भूमिकास्थान नगरपालिका ७

१६) मन्जु बिक वर्ष १५ , शितगंगा नगरपालिका वार्ड नम्बर १

१७) कृष्ण बहादुर सुनार वर्ष ४२, छत्रदेव गाउँपालिका – ८

१८) लोक बहादुर दर्जी वर्ष ४८, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी

१९) हरी बहादुर दर्जी वर्ष ५५, शितगंगा नगरपालिका वार्ड नम्बर ७ कल्लेरी

घाईते हुनेहरुमा र उनिहरुको अवस्था:-

चौराहा हस्पिटल बुटवलमा उपचारार्थ घाईतेहरू :

१) विष्णु बहादुर अधिकारी, वर्ष ४२, सन्धिखर्क नगरपालिका – ५ वाङला अनुहार र ढाडमा चोट, अवस्था सामान्य ।

२) नन्द बहादुर बि.क, वर्ष ६०/६५ सन्धिखर्क नगरपालिका, अनुहार र टाउकोमा चोट, अवस्था – मध्यम ।

३) रिजन कुँवर, वर्ष ३ सन्धिखर्क नगरपालिका – ६ खुट्टा र टाउकोमा चोट, अवस्था – मध्यम ।

४) गणेश पुरी, वर्ष १ शितगंगा नगरपालिका वार्ड नं.६ खाँचीकोट – टाउकोमा चोट, अवस्था- मध्यम ।

५) सपना कुँवर, वर्ष २३ सन्धिखर्क नगरपालिका – ६ गर्धन र टाउकोमा चोट, अवस्था- मध्यम ।

६) नाम थर वतन नखुलेकि अं.वर्ष २४/२५ कि टाउकोमा चोट, अवस्था – सिरियस ।

भैरहवा मेडिकल कलेजमा उपचारार्थ घाईतेहरु:-

१) कृष्ण बि.क. वर्ष ४१, पाणिनी गाउँपालिका वार्ड नं.७ चिउडो र ढाडमा चोट- अवस्था – सिरियस ।

२) विष्णु बि.क., वर्ष ३५ पाणिनी गाउँपालिका वडा नं.७ दाहिने खुट्टा भाचिएको, दाहिने गालामा चोट, अवस्था – सिरियस ।

३) जिवन बि.क., वर्ष २५, भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ डेभा अवस्था- समान्य ।

४) हुम बहादुर अधिकारी, वर्ष ३७ सन्धिखर्क नगरपालिका – ५ वाङला ढाडमा र वाया गालामा चोट, अवस्था- मध्ययम ।

५) कमल मुखिया, वर्ष ३२ सन्धिखर्क नगरपालिका – ८ अवस्था- सिरियस ।

६) सरस्वती भट्टराई, वर्ष २३ सन्धिखर्क नगरपालिका – ४ दाया खुट्टा फ्याक्चर, टाउकोमा चोट, अवस्था-मध्यम ।

७) अंकीत थापा, वर्ष १५, सन्धिखर्क नगरपालिका – ४ टाउकोमा चोट, अवस्था- मध्यम ।

८) स्पर्ष पोखरेल, ३ वर्ष, कपिलवस्तु बाणगंगा नगरपालिका – टाउकोमा चोट, अवस्था- मध्यम ।

९) विमला पोखरेल, वर्ष २४ कपिलवस्तु बाणगंगा नगरपालिका ढाड र कानमा चोट, अवस्था – मध्यम ।( स्पर्षको आमा)

बि.एण्ड.वि.हस्पिटल काठमाण्डौ

१) प्रशान्त सुबेदी, बर्ष ३३ दाङ राप्ति गा.पा.९ टाउकोमा चोट, अबस्था- सिरियस, लुम्बिनी सि.टी.हस्पिटल रुपन्देहीबाट बि.एण्ड बि.हस्पिटल काठमाण्डौ रिफर गरेकोले लु२च ६७४ नम्बरको एम्बुलेसमा काठमाण्डौ पठाईएको ।

अन्य घाईते

१. एन्जल भट्टराई, वर्ष ३ सन्धिखर्क नगरपालिका – १ टाउकोमा चोट, अवस्था- मध्यम, निजको मामा घरको हजुरबुवा सन्धिखर्क नगरपालिका – २ चुत्रावेशी बस्ने वर्ष ४७ को बाबुराम पौडेलले बुझि लगेको ।

२. लोकनाथ पाण्डे, वर्ष १९ छत्रदेव गाउँपालिका वडा नं. ७ हातमा चोट, अवस्था- सामान्य । (डिस्चार्ज चौराहा हस्पिटल बुटवलबाट)