Naya Khoz

मालारानी ३ को चुनाव भारी अन्तरले जित्ने नेकपाको दावी

Posted By: Naya Khoz | November 27, 2019

शोभाखर पन्थी : मङ्सिर ११, अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले मालारानी वडा नं. ३ को अध्यक्ष भारी मत अन्तरले जित्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी ३ नं. वडा कमिटी द्वारा विभिन्न टोलमा आयोजित भेटघाट तथा कोणसभामा मन्तव्य राख्दै उनिहरुले तत्कालीन अबस्थामा नेकपा एमालेले एक्लै विजयी हासिल गरेको वडामा दुईवटा कम्युनिस्ट पार्टी बीचको एकता ,कार्यकर्तामा आएको उत्साह , जनतामा देखिएको विस्वास र उम्मेदवारमा रहेको उच्च नैतिकता ,स्वाभिमान ,बिकास र जनता प्रतिको लगावका कारण करीब दुई तिहाई भारी अन्तरले चुनाव जित्ने सुनिश्चित भएको बताए । नेपाली कांग्रेसले पटक पटक सरकारमा गएर पनि देश र जनताको पक्षमा थोरै पनि कामगर्न नसकेको भन्दै बक्ताहरुले जनमुखी काम बाट कम्युनिस्टहरु जनता बीच लोकप्रिय हुन थालेपछि कांग्रेसका नेता तथा कार्यकर्ता छट्पटाउँदै जनता लाई झुक्याउने र भ्रमपार्ने खेलमा लागेको बताए ।

नेताहरुले कांग्रेस बिकास र समृद्धिको बाधक भएको बताउँदै अब कांग्रेसले जनतालाई झुक्याएर राज गर्ने दिनको अन्त्य भएको बताए । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकारले २ बर्षको छोंटो अबधिमा आर्थिक बृद्धिदर ईतिहासमै उच्च बिन्दुमा पुर्याएको , आयात र निर्यातमा वृद्धि हुन थालेको ,पाईप लाईन बाट ईन्धन आयत हुन थालेको ,पानी जहाज संचालन तयारीमा रहेको ,खाद्यान्नमा आत्मनिर्भरता हुन थालेको ,बिकासका पुर्वाधारको तिब्र रुपमा बिकास भएको कांग्रेसको टाउको दुखाइको बिषय भएको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले देशको बिकास र समृद्धिको सारथि नेपाल कम्युनिस्ट पार्टी नेकपा भएको बताउनुभयो । उहाँले नेकपा नेतृत्वको सरकारले शान्ति सुरक्षा ,समान न्यायको मान्यता स्थापित गर्नुका साथै भ्रष्टाचारी ,हिंसा ,बिकृति र बिसंगतिको बिरुद्धमा निर्मम भई कार्वाही गरि देशमा कानुनी राज्यको आभास गराएको बताउनुभयो । अर्घाखाँची जिल्ला लाई नमुना जिल्लाको रुपमा बिकास गर्नेगरि काम भैरहेको बताउँदै रायमाझीले मालारानीको केन्द्रको रुपमा रहेको वडा नं. ३ को चुनावमा नेकपाका अध्यक्ष लाई भारी मतले बिजयी गराई बिकास र समृद्धिको मेरुदण्ड स्थापित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता चन्द्रबहादुर खड्का उज्वल र जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जिल्लाको बिकास निर्माणको निम्ति कुनै कसर बाँकी नराख्ने बताउनुभयो । नेता द्वयले ५ वर्ष भित्रमा प्रत्येक वडामा पक्की मोटर बाटो ,३ बर्ष भित्रमा घर घरमा पानीको धारा,गाउँ गाउँमा प्राबिधिक शिक्षालय,कृषि र पशुपालनमा आधुनिकिकरणको काम अगाडि बढेको बताउँदै बिकास निर्माणको कामगर्न नसक्ने दलले चुनाव बिकासका कुरा गर्न पाईदैन भनेर प्रतिबन्ध लगाउन खोजेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीका सदस्य नरेन्द्र कुमार क्षत्री , छमकुमारी खनाल,कार्यालय सदस्य जनार्दन खनाल ,पिताम्बर भुसाल , जिल्ला सदस्य नारायण खनाल,जिल्ला पार्टी कार्यालय सचिव लिल बहादुर बि.क.,दिपा पोख्रेल ,पुतला खनाल, गाउँ पालिका कमिटीका अध्यक्ष एम.बि.पाण्डे ,सचिव शिबलाल कुँवर , वडा अध्यक्षका उम्मेदवार यमलाल खनाल लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।