Naya Khoz

नेकपा धन्चौरको पाँचौ पुर्ण बैठक सम्पन्न

Posted By: Naya Khoz | November 23, 2019

हृदय भुसाल: मङ्सिर ७, अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान १० धन्चौरको पाँचौ पुर्ण बैठक सम्पन्न भएको छ ।बैठकका प्रमुख अतीथि एबम नेकपा पाँच नम्बर प्रदेश कमिटी सदस्य पिताम्बर भुसालले सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्दै युवा विद्यार्थीहरुलाई सगठित गर्दै पार्टीको काममा सबै एक भएर काममा लाग्न आग्रह गर्नु भयो ।

पार्टीको बैठकमा नेकपा जिल्ला सदस्य तथा नगर इन्चार्ज खगेशोर पन्थी जिल्ला सदस्य जनकलाल गैर,ईमानसिंह नेपाल नगरकमिटी सदस्य तथा प्रचार बिभाग प्रमुख हृदय भुसाल नगर कमिटी सदस्य टामलाल भट्टराई रेशम जिसि लगाएका नेता हरु ले बैठकमा मनतब्य राख्नु भएको थियो ।बैठकले युवा विद्यार्थीलाई गठन पुनर्गठन गर्न पार्टी को प्रशिक्षण कार्यक्रम संचालन गर्ने पार्टीको स्मारिका प्रकाश गर्ने गरेको छ बैठकले कृष्ण हमाल प्रमुख रहेको प्रचार बिभाग गठन गरेको छ । बैठक वाड कमिटी अध्यक्ष सुभ समालको अध्यक्षता सचिव प्रेमलाल शर्माको सन्चालन र कार्यलय सचिव दिनेशको भट्टराईको स्वागत मन्तब्यमा बैठक सम्पन्न भएको नगर प्रचार बिभाग प्रमुख हृदय भुसालले जानकारी दिनु भयो ।