Naya Khoz

अभिमुखिकरण कार्यक्रम सम्पन्न

Posted By: Naya Khoz | November 22, 2019

हिम लेकाली: मङ्सिर ६ , अर्घाखाँची ।

सिद्धार्थ सामाजिक विकास केन्द्र ,कपिलवस्तुकाे आयाेजना ,Unfpa काे सहयाेगमा सन्धिखर्कमा” याैन तथा प्रजनन स्वास्थ्य अधिकार र परिवार नियाेजन” सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा
सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल ,मालारानी गाउँपालिकाका अध्यक्ष वालकृष्ण आचार्य ,उपाध्यक्ष प्रमिला क्षेत्री ,जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्त ,सन्धिखर्क नगरपालिका प्रमुख प्रसासकीय अधिकृत जीवन ज्ञवाली ,लगायत सन्धिखर्क नगरपालिका तथा मालारानी गाउँपालिका स्वास्थ्य प्रमुख ,वडा अध्यक्षहरू काे सहभागिता रहेकाे थियाे ।

स्थानीय सरकारलाई स्वास्थ्य क्षेत्रमा प्रभावकारी कदम उठाउनकाे निम्ति बल पुगाेस् भन्ने हेतुले अायाेजित कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा ,सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा प्रकाश पारियकाे थियाे ।कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आफ्नाे क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई कमजोरीहरू हटाउँदै , सुबिधा सम्पन्न बनाउन प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । कार्यक्रमकाे बिषयमा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु का हरि अधिकारीले प्रकाश पार्दै सहभागिहरूलाइ धन्यवाद ब्यक्त गर्नु भएको थियाे । कार्यक्रमकाे सहजिकरण स्वास्थ्यकर्मि गाैरव ढकाल ले गर्नु भएको थियाे।

यु. एन. एफ. पि. ए .जिल्ला संयाेजक सुजाता सुब्बा काे स्वागत मन्तव्य रहेकाे कार्यक्रम काे सन्चालन सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा का धर्मराज पन्थीले गर्नु भएको थियाे ।