Naya Khoz

स्थानीय तहका जनप्रतिनिधीहरुलाई जनताको भावना अनुसार काम गर्ने प्रदेश सासंद आचार्यको निर्देशन

Posted By: Naya Khoz | November 20, 2019

कोपिला आचार्य
अर्घाखाँची
स्थानीय तहका निर्बाचित जनप्रतिनिधीहरुलाई जनताको मनोभाबना अनुसार काम गर्न नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सासंद चेतनारायण आचार्यले निर्देशन दिनु भएको छ । स्थानीय तहका निर्बाचित जनप्रतिनिधि तथा सरोकारवालाबिच मालारानी ४ मा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी रहनु भएका आचार्यले ‘ जनताले प्रत्यक्ष अनुभुती गर्ने गरि काम गर्नु पर्दछ ।
जिल्लाका केही स्थानीय तहहरुले नमुना कामको सुरुवात गरेका छन । मालारानीले गाउँ गाउँमा पुगेर सहभागीता मूलक रुपमा समझौत गर्ने र उपभोक्तालाई अनुशिक्षण गर्ने कार्य नमुना छ । भुमिकास्थानले आफनै लगानीमा बाटो पिच गर्ने ,छत्रदेबले घरका छाना मुक्त अभियान नमुना छन । प्रदेश सरकार र संघिय सरकारले पनि स्थानीय तहको कामको अनुगमन गरिरहेको छ । अर्घाखाँची जिल्ला पूर्बधारको हिसाबले अबको तीन बर्षमा सम्पन्न हुन्छन । तर बढ्दो बसाई सराईले बस्ती खालि हुने भयो । अब तिनै तहका जनप्रतिनिधीको ध्यान स्वास्थ्य र शिक्षामा दिनु पर्नेमा आचार्यले जोड दिनु भयो । लैङ्गिक हिसांलाई निरुसाहित पार्ने गरि काम गर्नु पर्दछ । उनिहरुलाई कानुनी कारबाही गर्न तर्फ पनि तपाई जनप्रतिनिधी र स्थानीय न्यायक समिती सक्रिय भएर लाग्नु पर्दछ । कार्यक्रममा मालारानी गाउँपलिकाका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता , महिला तथा बालबालिका बिभागका अधिकृत बिनोद खनाल सञ्चालन र महिला बालबालिका बिभागका महानिर्देश शान्ता भट्राईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रम्मा बिशेष अतिथी मालारानी गा।पाका उपाध्यक्ष प्रमिला क्षेत्री , सन्धिखर्क नगरपालिका महिला बालबालिका शाखा प्रमुख पुस्पा भुसाल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख मदन ठाकुरले लैङ्गिक हिसां सम्बन्धीत प्रशिक्षण दिनु भएको थियो ।