Naya Khoz

रिटर्नी माइग्रेन्ट नेपाल द्वारा सत्रत करोड बराबर को सामुहिक लगानीको औपचारिक शुरूवात

Posted By: Naya Khoz | November 18, 2019

मङ्सिर २, काठमाडौं ।

रिटर्नी माइग्रेन्ट नेपाल द्वारा सत्रत करोड बराबर को सामुहिक लगानीको औपचारिक शुरूवात ३००० मेट्रीक टन क्षमताको चिस्यान केन्द्र निर्माणका लागि लगानी सम्बन्धि छलफल सुरु गरिएको छ ।

बैदेशिक रोजगारबाट स्वदेश फर्किएका युवाहरुले स्थापना गरेको “रिटर्नी कृषि तथा पशुपालन समुह लि.” ले गण्डकी प्रदेश अन्तर्गत नेपालको नयाँ जिल्ला नवलपुरको कावासोती नगरपालिका स्थित अग्यौलीमा ३००० मेट्रीक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवस्यक प्रक्रिया अघि बढाएको जानकारी गराउदछौं । रिटर्नी माइग्रेन्ट नेपालका बिभिन्न जिम्मेवारीमा रहेका सदस्यहरुद्वारा स्थापित सो कम्पनीले निर्माण गर्न गइरहेको उक्त चिस्यान केन्द्रमा ७० प्रतिशत नेपाल सरकारको लगानी रहनेछ भने बाँकि ३० प्रतिशत लगानी कम्पनिका सेयर सदस्यहरुको रहनेछ । उक्त कम्पनि मार्फत उल्लेखित परियोजनामा लगानी गर्ने सेयर सदस्यहरु छनौट गर्दा रिटर्नी माइग्रेन्ट नेपालका सदस्यता प्राप्त महानुभावहरुलाई प्राथमिकता दिईने व्यहोरा समेत जानकारी गराइन्छ ।

उक्त परियोजना निर्माणका सन्दर्भमा हालसम्म कन्सेप्ट पेपर स्वीकृत भएर चालु आ.व.मा सरकारको १ करोड ७५ लाख स्वीकृत भएको, परियोजना निर्माण स्थलको सर्भे सम्पन्न भएको, माटो परिक्षण सम्पन्न भएको, स्वीकृत कन्सेप्ट पेपरका आधारमा बिस्तृत परियोजना विवरण (डी.पी.आर) का लागि बिभिन्न इन्जिनियरिङ कन्सल्टेन्ट (आर्किटेक्ट इन्जीनियर, सिभिल इन्जीनियर र मेकानिकल इन्जिनियर) एजेन्सीहरु संग छलफल चलिरहेको छ ।

उक्त परियोजनाका लागि यहि मंगसिर ७ गतेबाट सेयर सदस्यता खुल्ला हुने भएकाले इच्छुक महानुभावहरुलाई सम्पर्क गर्न सुचित गरिएको छ । यसै सन्दर्भमा उक्त परियोजनाका बारेमा बिस्तृत छलफल गर्न तथा लगानीका सम्भावना र अवसर तथा निर्माण, संचालन र ब्यबस्थापन लगायत सम्बद्ध सबै बिषयमा बुझ्ने बुझाउने प्रयास स्वरूप निम्न मिति स्थान र समयमा सम्भावित लगानीकर्ताहरुको भेला आयोजना गरिएको छ । यस रिटर्नी माइग्रेन्ट नेपालसंग सम्बन्धित इच्छुक लगानीकर्ता साथीहरुलाई उक्त कार्यक्रममा सहभागी हुनको लागि आग्रह गरिन्छ ।

मिति: २०७६ मंगसिर ७ गते शनिवार
समय: मध्यान्ह १२ बजे
स्थान: कावासोती, नवलपुर

नोट: नवलपुर जिल्ला बाहिरबाट कार्यक्रममा सहभागी हुनुहुने महानुभावहरुलाई खाने बस्ने व्यवस्था गरिएको छ ।

सम्पर्क:
रिटर्नी माइग्रेन्ट नेपाल, केन्द्रिय कार्यालय ०१ ४४७५७८३, रिटर्नी माइग्रेन्ट नेपाल, शाखा कार्यालय नवलपुर ०७८ ५४११४५