Naya Khoz

सन्धिखर्क नगरपालिकामा जनप्रतिनिधी देखी जनता त्रसीत जनताका रुख काट्ने देखी वडा अध्यक्षका भाईको घर अगाडि वाल उठाएर जनताको घडेरीमा मोटर बाटो

Posted By: Naya Khoz | October 26, 2019

नबिन के.सी
अर्घाखाँची
सन्धिखर्क नगरपालिका वडा नं ३ र वडा नम्बर १२ का वडा अध्यक्षले जनतालाई त्रसित पार्ने गरि आतंक मचाएको राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले बताए । ‘वडा नं ३ मा स्थलगत अनुगमन गरेर आए । त्याँ पुग्दा यस्तो दृश्यहरु देखीयो कि पञ्चायत काल र राणाकालमा पनि नभएका काम उहाँहरुले गर्नु भएको रहेछ । वडा अध्यक्षले आफनो भाईको घरको अगाडि वाल उठाएर आगन बनाउने जनताको घडेरीमा बाटो राख्ने काम समेत भएको देखे । ’ उक्त वडामा उपभोक्ता समितीहरुनै नबनाई दशै मोटरबाटो सोर्ने जस्ताकाम वडा अध्यक्ष आफैले गर्ने गरेको स्थानीय बाबुराम खड्काले बताए । ‘उपभोक्ता समितीनै नबनाई मनोमानी ढंगले बाटो खन्ने , नयाँ ट्रयाक खन्ने काम समेत भएको छ । वडाको सम्पती राष्ट्रिय बनमा रहेका रुखहरु फडान गरेर फिल्ड खन्ने काम समेत भयो । वडा अध्यक्षका आफनै भाईको बारीमा रहेको ट्रान्समिटरलाई सार्बजनिक बाटोमा सार्ने काम भयो । कति बेला हाम्रा बालबालिका पर्ने हुन भन्ने डर समेत भयो । ’ निर्बाचित जनप्रतिनिधीले व्यक्तिगत र पारिबारीक स्वार्थमा केन्द्रित भएर आफु माथि अन्याय भएको सनपा ३ निबासी स्थानीय रामकला थापाले गुनासो गरिन । ‘ नजिकै सार्बजनिक जग्गामा टहरा निर्माण गरिएको छ । कसैको घरमा वाल उठाएर आगन बनाउने तर हाम्रो घर बनाउने घडेरीमा डोजर नचाउने ? नभएर उक्त घडेरीमा बिजुलीको तार समेत तानिएको छ । सन्धिखर्क नगरपालिका र जिल्ला प्रशासनमा समेत निबेदन दर्ता गराएकोमा अहिले सम्म सुनुवाई भएन । आफै पदको दुर पयोग गरेर मलाई उल्टै जिल्ला प्रशासन कार्यालयमा वडा अध्यक्ष लिला गौतमले मुद्धा राख्ने समेत काम गर्नु भयो । ’ यस बिषयमा सन्धिखर्क नगरपालिकाको न्यायीक समितले किन उजुरीको सुनुवाई नगरेको भनेर न्यायीक समितीका संयोजक ठाकुर कुमार बिकलाई प्रश्न गर्दा उनले भने ‘निबेदन दर्ता भएको छ । प्रक्रियामा गएर छलफल हुन्छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार जो सुकै व्याक्ति पदाधीकारी भए पनि कानुनी कारबाही हुन्छ । ’ जनतालाई सास्ती दिन भन्दा पनि आफुले बिकाश निर्माणको कामलाई तिब्रता दिएको वडा नं ३ का वडा अध्यक्ष लिला गौतमले दाबि गरे । ‘दशै बाटो सोर्न हतार हुने र जनताले दशैमा बाटो सोरीयन भनेर भन्ने हुदा वडा सदस्यलाई जिम्मा दिएर बाटो सोर्ने काम लगाएको हो । उपभोक्ता समिती अब बनाउने हो । ’तपाईले नगरपालिकाको पैसामा आफनै भाईको घरको आगन बनाउने र भाईका जग्गाको बिद्युत पोल, ट्रान्समिटर सार्ने आरोप छ नि भन्ने प्रश्नमा उनले भने ‘टेण्डर भएर नालि बनाएको हो । वालको बिषयमा मलाई जानकारी छैन । ट्रान्स मिटर नेपाल बिद्युत प्राधीकरणको क्षेत्रको स्वीकृतमा सारिएको हो । अन्य लाईन पनि आव्यसकता अनुसार तानिएको छ । बिकाशमा बिरोध भन्दा पनि सहकार्य आव्यसक छ ।’
जनप्रतिनिधीको निर्देशनमा जनताका रुख काटियो

उता सन्धिखर्क नगरपालिका वडा नं १२ का वडा अध्यक्ष नारायण खड्काको निर्देशनमा सनपा १२ निबासी मोतीप्रसाद भुसालका ६० भन्दा बढि रुख काटिएको छ । राजनैतिक आग्रह राखेर बिना जानकारी रुख काटिएको भुसालले बताए । ‘मैले छिमेकीको घरमा असर परेका रुखहरु काटन सहमत भएको थिए । तर मलाई जानकारी नदिई आग्रह पूर्बग्राह राखि ६० जति रुख कटान गरियो । जनप्रतिनिधीले जनताको काम गर्नु पर्नेमा उल्टै त्रास भयो । कति बेला के हुने भन्ने चिन्ता लाग्न थाल्यो । यस बिषयमा संवाददताले वडा अध्यक्ष नारायण खड्कालाई रुख कटाको बिषयमा वडा कार्यालयमा उजुरी परेका थियो की ? के भएको हो भनेर टेलिफोन सम्पर्क गर्दा केही समय पछि फोन गरेर जानकारी दिने बताए पनि फोन सम्पर्कनै गरेन्न् । फोन नआए पछि पटक –पटक सम्पर्क गर्दा समेत फोन रिसिभ हुन सकेन । सोही घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालयमा मोति प्रसाद भुसालको किटानी जाहेरीका आधामा सार्बजनिक अपराधको मुद्धामा ४ जनालाई प्रक्राउ गरि अनुशन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश खत्रीले बताए । ‘रुख काटेको बिषयमा किटानी जाहेरीका आधारमा ४ जनालाई प्रक्राउ परेर अनुशन्धान कार्य भैरहेको छ । हामि बिदाको दिन पनि नभनी निरन्तर काममा लागेका छौ । ’