Naya Khoz

पाणिनि साहित्यिक पुस्तककाे विमोचन समारोह सम्पन्न

Posted By: Naya Khoz | October 9, 2019

गाेपाल भट्टराई : असोज २२ , अर्घाखाँची ।

प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले कला र संस्कृतीको संरक्षण संगै पर्यटन विकासमा साहित्यको अहंम भुमिका हुने बताउनुभएको छ ।

लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले प्रकाशन गरेको साहित्यिक पुस्तक पाणिनीको आज सन्धिखर्ककाे शान्ति वगैंचामा बिमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हाे । कला भाषा र संस्कृतीको प्रचार र सचेत समाज निर्माणमा योगदान पुर्याउने साहित्यको विकासमा सबै लाग्नुपर्ने भन्दै प्रजिअ पौडेलले आफुले पनि सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।

पाठक र लेखनको ह्रास हुँदै गएको बेला जिल्लाकै पहिचान झल्किने गरि प्रतिष्ठानले पुस्तक प्रकाशन गरेकोमा प्रजिअ पौडेलले सस्थाको प्रसंशा गर्नुभएको छ । एक फरक प्रसङ्गमा बोल्दै प्रजिअ पौडेलले सरकारले लिएको आर्थिक समृद्धिको अभियानलाई सफल पार्न सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य हिम लेकाली,प्रगतिशील लेखक संघका जिल्ला उपाध्यक्ष कमल प्रसाद घिमिरे,लोक तथा दोहोरी गित प्रतिष्ठान प्रदेश सदस्य सहयोगी वि.सी.लगायतले मन्तव्य राख्दै साहित्य विनाको समाज नुन बिनाको तरकारी जस्तै हुने भन्दै साहित्यको विकासमा सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता,सह-सचीव तिर्थराज आचार्यको स्वागत मन्तव्य र सचीव जे.बी.दर्लामीको संचालनमा सम्पन्न कार्यक्रममा साहित्यिक श्रष्ठाहरु सीता बन्जाडे,टोपलाल खनाल,राधा आचार्य र हेमराज भुसालले रचना बाचन गर्नुभएको थियो भने बाल कलाकार आकृती घिमिरेले नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गर्नुभएको थियाे ।

अर्घाखाँचीका धार्मिक तथा पर्यटकीय स्थलहरुको बर्णन सहित जिल्लाको चिनारी झल्काउने गरि झन्डै ३ सय पेजमा समेटिएको पाणिनी एक पटक सबैले पढ्नुपर्ने पुस्तक भएको प्रतिष्ठानका अध्यक्ष पिताम्बर बन्जाडेको भनाइ छ ।