Naya Khoz

दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

Posted By: Naya Khoz | October 8, 2019

नयाँ खोज: असोज २१ ।

विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज २१ गते मंगलवार विजयादशमीका दिन बिहान ८ : ४५ बजे देवी विसर्जन गरेपछि १० : ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजया दशमीको टीका लगाउने भनेर समय यस प्रकार रहेको छ ।