Naya Khoz

नरपानीको राटामाटामा भएको जीप दुर्घट्ना प्रति प्रदेश सभा सदस्य घिमिरेद्धारा दुःख व्यक्त

Posted By: Naya Khoz | October 8, 2019

हृदय भुसाल: असोज २१ , अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका को नरपानीको रातामाटा भन्ने ठाउँमा सोमवार दिउँसो भएको बलेरो जीप दुर्घटना प्रति प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले दुःख व्यक्त गर्नुभएको छ ।

घिमिरेले बाटोको नमुना जिल्लाको रुपमा रहेको अर्घाखाँचीमा अझ पनि सवारी दुर्घट्नाका खबर आउनु निकै दुखद बिषय भएको भन्दै मृतकका आफन्त जनमा गहिरो समबेदना अर्पण गर्नुभएको छ । घिमिरेले मृतकहरुमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।
कपिलवस्तु जिल्लाको कृष्णनगर बाट गोरुसिगे हुदै सन्धिखर्क जाँदै गरेकोे बलेरो जीप दुर्घटना हुदा भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर २ ढाकाबाङ निवासी घनश्याम श्यामकला खनाल र कपिलवस्तुको गोरुसिगे निवासी दिलिप अधिकारि सहित ३ जनाको मुत्यु भएको हो ।

कृष्णनगरबाट सन्धिखर्कबाट लागि छुटेको लु १ ज ४३२९ नम्बरको बलेरो जिप दिउँसो ,नरपानीको रातामाटामा दुर्घट्ना भएको थियो । बलेरो जीप ओरालोमा ब्रेक फेल भएपछि दुर्घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा ४ जना घाइतेको उपचार भइरहेको स्रोतले जनाएको छ । घाईतेको प्रभावकारी उपचारको लागी सम्बन्धित निकाएलाई सासद घिमिरेले विशेष अनुरोध गर्नु भएको छ ।