Naya Khoz

छत्रमहाराज मन्दिर छत्रदेवमा विशेष मेला

Posted By: Naya Khoz | October 7, 2019

मधुसुधन पाण्डे : असोज २२ ।
अर्घाखाँची जिल्लाकाे ऎतिहासिक छत्रमहाराज मन्दिर छत्रदेवमा महानवमीको दिन
विशेष मेला सम्पन्न भएको छ। ऎतिहासिक रुपमा विशेष पुजा आराधना सगै वलि दिने परम्परा विगत देखि चल्दै आएको छ।छत्रदेव ५ उल्क नगरीमा अवस्थित छत्रमहाराज मन्दिरमा करिव ३ हजार दर्शकले अवलोकन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।छत्रमहाराज मन्दिर दर्शन गर्नका लागि अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी,पाल्पा,बाग्लुङ,प्युठान,दाङ,कपिलवस्तु,नवलपरासी लगायत जिल्लाका भक्तजनले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोज वहादुर रायमाझीले जानकारी दिनुभयो।

उहाका अनुसार मन्दिरमा विभिन्न दाताहरुले आर्थिक रुपमा सहयोग गरेको पनि जानकारी गराउनुभयो।मनले आटेका कुराहरु पुग्ने धार्मिक किंवदन्ती अनुसार आफुले गरेको भाकल पुरा हुने भएकोले दर्शन गर्ने आएको गुल्मीका रमेश सारुले बताउनुभयो।

अर्घाखाँची जिल्लाको छत्रदेवको एेतिहासिक तथा पर्यटकिय रुपमा विकास हुँदै गरेको छत्रमहाराज मन्दिरमा भर्खरै मात्रै छत्रगञ्ज पार्टीदेखि उल्क मन्दिर परिसरसम्म सिढी निर्माणसगै रेलिङ निर्माण गरिएको छ।

छत्रमहाराज मन्दिरमा केही दिनअघिमात्रै प्रदेश नम्बर पाचका प्रदेशसभा सदस्य तथा अर्घाखाँची क्षेत्र न १ का प्रदेशसदस्य चेतनारायण आचार्य लगायतको टोलीले भ्यु टावर निर्माण तथा पार्क निर्माणका लागि अध्धायान अवलोकन समेत गरिएको थियो।

प्रचारप्रसारमा कमी छत्रमहाराज मन्दिरमा दशैको अवसरमा विशेष मेला लागे पनि अन्य समयमा त्यति मेला भने लाग्दैन।छत्रमहाराज परिसरमा गणेश,पाण्डव लगायतका देवताहरुको मन्दिर पनि रहेको छन् ती मन्दिरमा भने विभिन्न समय खुल्ने गर्दछन्।छत्रमहराज मन्दिरमा एकजना स्थायी पुरोहित राखी दिनहु खोल्ने र दिनहु पुजा आराधना गर्ने गरेमा पर्यटकिय रुपमा विकास गर्न सकिन्छ

फोहोरमैला व्यवस्थापनमा चुनौती छत्रदेव गाउँपालिकाको फोहोर फाल्ने डम्पिङ साईड तथा गाडी नहुदा फोहोरमैला व्यवस्थापनमा भने चुनौती देखा परेको छ।मन्दिर परिसरमा कागजका प्लेट लगायत प्लास्टिक यत्रतत्र रुपमा छरिएको छन्

सौचालयमा पानीको समस्या छत्रमहाराज मन्दिर छेउमै रहेको सौचालयमा पानीको समस्या परेको छ।धेरै रुपमा दर्शनार्थीले दर्शन गर्दा दिसापिसाबमा धेरै नै जाने भएकोले सौचालयमा पानीको समस्या हुनु स्वभाविक हो।त्यसो त सौचालयमा निरन्तर रुपमा गईरहने पानीको सुविधा भने रहेको छैन।