Naya Khoz

अर्घाखाँची मा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु , ६ जना घाइते

Posted By: Naya Khoz | October 7, 2019

हिम लेकाली/ हरि कुँवर: असोज २०, अर्घाखाँची ।

अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका ६ स्थित नरपानीको रातामाटा भने ठाउँमा लङ्का यातायातकाे बोलेरो गाडि आज दिउँसो ११:५० बजे दुर्घटना भएको छ ।

लु १ज ४३२९ नम्वरकाे उक्त गाडि बुद्ध भुमिको गोरुसिङ्गे बाट सन्धिखर्क आउदै गर्दा सडक बाट ३०० मिटर तल खसेको थियाे । लमही र कृष्ण नगर बाट गोरु सिङ्गे जम्मा भै गोरुसिङ्गे बाट सवारी लि हिडेको घाइते चालकले बताए । गाडि दुर्घटनामा परि ३ जनाकाे मृत्यु भएकाे छ । मृतक हुनेमा ढाकाबाङ हाल लमही नगरपालिका ५ मिलन चोक निवासी बर्ष ५१ का घनश्याम खनाल र निजको श्रीमती बर्ष ४६ कि श्यामकला खनाल रहेका छन । एक जनाको सनाखत हुन बाकी रहेको प्रहरीले जानाकारी गराएको छ । गाडिमा आठ जना सबार रहेका थिय । जस्मा ६ जना घाईते छन् । ।गाडि ब्रेक फेल भएर सडक तल खसेको चालक ले बताएका छन् ।


घाइतेहरू भूमिकास्थान नगरपालिका का १० निवासि उमेश रेग्मी ,लमहि ५ दाङ निवासि अनिता खनाल ,बुद्ध भुमिनगरपालिका २ गाेरूसिङ्गे का चालक बिरेन्द्र श्रेष्ठ , विन्दु खनाललाई उपचारकाे लागि अर्घाखाँची अस्पताल बाट बुटवल रिफर गरियकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनायकाे छ । भने अन्य घाइते भुनपा १० धन्चाैर कि शिमा रेग्मी,र आदित्य रेग्मीकाे जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

>सनाखत हुन बाकी


>चालक विरेन्द्र श्रेष्ठ