Naya Khoz

महोत्सवले बिकास र समृद्धिको यात्रालाई सहयोग गर्ने : सांसद आचार्य

Posted By: Naya Khoz | October 6, 2019

हृदय भुसाल:असोज १९, अर्घाखाची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वाड न २ डाडाकटेरीमा रहेको सरस्वती माता माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न स्मार्ट एवंम प्राबिधिक विद्यालय सञ्चालानार्थ मालारानी डाडाकटेरी शैशिक तथा धार्मिक महोत्वस सञ्चालन सनिवार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

महोत्सवको अन्तिम दिन समापनको अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले महोत्सवले बिकास र समृद्धिको यात्रालाई सहयोग पुराउने भन्दै सांसद आचार्यले विद्यालय लाई आफुले भौतिक संरचना निमार्ण गर्न पुर्ण रुपमा सहयोग गर्ने उद्घोष गर्नुभएको छ ।

सांसद आचार्यले अवको शिक्षालाई प्राबिधिक वैज्ञानिक र आधुनिक शिक्षाको बिकास गर्नुको बिकल्प नभएको वताउनु भयो । आचार्यले बिभिन्न सरोकारवालाहरु संगको ब्यापक छलफल गरि प्राबिधिक बिषयको छनोट गरिने भन्दै उहाँ जिल्ला वाहिरवाट अध्ययन गर्ने आउने विद्यार्थीको लागी सुबिधा सम्पन्न छात्रावासको समेत निमार्ण गरिने वताउनु भयो ।नेकपाका जिल्ला अध्यक्ष समेत रहनु भएका आचार्यले जनताको जनसहभागीतामा सवै पक्ष एकतावद्ध भएर बिकासका काममा पारदर्शि हिसावले लाग्नुपर्ने वताउनु भयो ।

कार्यक्रमका विशेष अतिथी एवम गाउँपालिका अध्यक्ष वालकृष्ण आचार्यले धार्मिक महोत्वसले पालिकाको शैशिक बिकासमा महत्वपुर्ण सहयोग गर्ने भन्दै अध्यक्ष आचार्यले महोत्सवमा जम्मा हुने रकमको दोब्वर वरावरको गाउँपालिकाले विद्यालयको भौतिक संरचना निमार्णको लागी वजेट उपलब्ध गराउने वताउनु भएको छ ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य पदम क्षेत्रीले शैशिक तथा धार्मिक महोत्वसले धर्म सस्कृतिका रक्षा गर्दे प्राबिधिक बिषयका अध्ययन गाउँमै रजह वातारण हुने भन्दै बिकासमा सवै पक्ष एक हुनुपर्ने बताउनु भयो ।
दैनिक दिन बिवाह व्रतवन्ध रुद्रीपुजाँ अन्य भजन तथा बिभिन्न धार्मिक पुजाआजा गरिदै आएको र महोत्वसव निकै उपलब्धीमुलक भएको महोत्वसका मुख्य वाचक तातथा शैशिक अभियान्ता इश्वर सरणम र ऋषिकेश महाराजले वताए । यहि असोज १२ देखी सञ्चालन भएको धार्मिक तथा शैशिक महोत्सव असोज १८ गते समापन भएको महोत्सवमा लक्ष्य अनुसार आर्थिक संकलन गर्न सफल भएको महोत्वस मुलसमारोह समितीका संयोजक योगेन्द भुसालले वताए ।

एक हप्ता सम्म सञ्चालन भएको महोत्सवमा जिल्लाका संघ प्रदेश र स्थानिय तहका जनप्रतिनिधीहरुको सम्वोधन तथा स्थानिय जनता,शिक्षक अभिवाक विद्यार्थी वुद्दिजिवी तथा ब्यापारिहरु को सक्रियतामा ऐतिहासिक रुपमा शैशिक महोत्वस सम्पन्न भएको थियो ।