Naya Khoz

दसैं विशेष : मेरी आमा, म टाढा हुँदा तिमी नरुनु है। आमाको बारेमा लेखेको मनै छुने कथा ।

Posted By: Naya Khoz | October 5, 2019

अभिनव चौहान:
असोज १८ अर्घाखाँची ।
आमा तिमीसँगै हुँदा मलाई संसारको कुनै पनि सुखले दिन नसकेको खुसी तिम्रो काखले दिने गर्छ ।कस्तो छोरो जन्म दियौं आमा तिमीसँग पनि बस्न नपाउने गरी ।मलाई तिमीसँग बस्न मन थियो ।तिम्रो सुख दु:खमा सँगै बसेर सहारा दिने मन मेरो नभएको कहाँ हो र?तर भाग्यमै नभएपछि खोजेर मात्रै कहाँ हुदो रैछ र?

मलाई थाहा छ आमा तिमी बिरामी छौँ ।यो पनि भुलेको छैन आमा तिमीले सधैं औषधि खानु पर्छ ।र यो पनि सत्य हो आमा म तिम्रो औषधि किन्न नसकेर त्यहीँ किन्नकै लागि प्रदेशिएको थिए ।म दुबै अवस्थामा लाचार भएको छु।तिमीसँगै हुँदा औषधि किन्न नसकेर लाचार थिए ।र त्यो औषधि किनिदिने आसमा टाढा भएपछि तिमीसँगै बस्न नपाउदा लाचार भएको छु।दु:ख त मेरै मिल्ने साथी भैहाल्यो जसले कहिल्यै छाडेर गएको छैन ।सुख के हो ?जसलाई मैले महसुस गर्नै पाएको छैन ।र उ कहिल्यै मेरो नजिक आउन पनि खोजेन।

ए साच्चै आमा तिमीले औषधि त खाएकी छौँ ?म घरमा हुँदा सोध्ने गर्थे आमा तिमीले औषधि खायौं भन्दै।
औषधि खादा खादै गलेको आफ्नै शरीर त्यहीँ हेर्दै “अझै कति औषधि खानु पर्छ?”।यसरी तिमीले सोध्दा लाग्ने गर्थो अब औषधि खानु पर्दैन आमा तिमीलाई निको भैसक्यो।तिम्रो खुसीको लागि यस्तो भनी हालौं तर त्यो सत्य हामी देखि धेरै टाढा थियो।मलाई ज्वरो आउँदा डाक्टरले सबै औषधि खानु पर्छ भनेर दिएको औषधि गुलियो लागेर मैले बीचमा छाडेको थिए ।तिमीलाई पनि लागेको थियो होला अब यो औषधि खान नपरे हुन्थ्यो ।

आमा म यता आएपछि केही राम्रो हुन्छ की ?भन्ने सोचेको थिए ।तर सोचे जस्तो हुन सकेन ।तिमीले जस्तो खाने बेलामा मिठो बोलीले कसैले बोलाउदैनन्।तिमीले जसरी थपिथपी खान दिने मान्छे पनि कोही छैन यहाँ ।मेरा कयौं छाकहरु नखाएर बिते।मेरा कयौं रातहरु अनिदोमै बिते ।आफुलाई नियालेर हेरे,त्यसैगरी आफू बसेको ठाउँलाई हेरे , हेरे आफू आएको देशलाई पनि।म उहु पटक्कै रमाउन सकेन अरुको देशमा खुसी भएर ।गाउँमा त यतिबेला दशैंं आएको छ।तिमीलाई कति नराम्रो लागेको होला। मेरा सबै साथी गाउँमा आउदा म मात्रै घरमा आउन पाएन।
मेरो कामना यहीँ छ दुई छाक खानको लागि यसरी कुनै पनि गरिब नेपालीका छोराछोरीहरुले मरुभूमिमा आएर पसिना बगाउन नपरोस् ।