Naya Khoz

नवदिप युवा क्लबकाे आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने

Posted By: Naya Khoz | September 13, 2019

भदौ २७ अर्घाखाँची ।
मालारानी गाउँपालिका वार्ड न. -५ बाँगीमा नवदिप युवा क्लबकाे आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

नवदिप युवा क्लबकाे आयोजना,मालारानी गाँउपालिका वार्ड नम्बर-५ काे सहकार्य र चाैराह हस्पिटल प्रा.लि. काे प्राबिधिक सहयोगमा कार्तिक २ गते (शनिबार) विहान ठिक १० वजे देखि मालारानी गाँउपालिका-५, बाँगी स्वास्थ्य चाैकि अर्घाखाँची मा हुने क्लबका अध्यक्ष सुर्य कुँवर ले बताएका छन । फिजिसन, महिला, नसा तथा हड्डी रोग सम्बन्धित सेवा लिन सकिने बताइएको हो ।

गत वर्ष देउसी भैलो खेली स्कुलमा डेसविन , निःशुल्क स्वास्थ्य शिविर लगाएत को कार्य गरेको थियो । क्लबले बाँगीमा धेरै जसो सामाजिक कार्य गर्दै आएको छ। निःशुल्क स्वास्थ्य शिविरको जानकारी गराइदिएर सेवा लिने र दिने अवसरमा सहयोग गरिदिनु हुन सम्पुर्णमा कुँवरले अनुरोध पनि गरेका छन।