Naya Khoz

शिक्षा लाई व्यवारीक र बैज्ञानिक प्रविधिक बनाउनु पर्छ : रामजी प्रसाद घिमिरे

Posted By: Naya Khoz | September 8, 2019

सुर्य भुसाल: भदौ २२, अर्घाखाँची ।

प्रदेस सभाका सदस्य रामजी प्रसाद घिमिरेले शिक्षा लाई ब्याभारिक र बैज्ञानिक प्राबिधिक बनाउनु पर्ने बताउनु भएको छ ।

४० औं राष्ट्रिय शिक्षा दिबसको अबसरमा सन्धिखर्क नगरपालिका अर्घाखाँची ले अायोजना गरेको शिक्षक सम्मान कार्यक्रम को उदघाटन गर्दै सासद घिमिरेले शिक्षा को किकासका लागि र गुणस्तरीयता का लागि तिनै तहका सरकार हरु लागि परेकाले अब प्राबिधिक शिक्षालाई पहिलो प्राथमिकता दिनु पर्ने बताउनु भयो ।कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालिका भित्र शैक्षिक सुधारका लागि स्थानि सरकार लागि परेको बताउदै अहिले भाषण भन्दा काम गरेर देखाउने बेला आएको बताउनु भयो भुसालले बिधालय हरुको प्रभाबकारि अनुगमन नहुदा शैक्षिक क्षेत्र बिगत देखि नै खस्किदै अाएको ले नगरपालिका ले नया योजनाका साथ शैक्षिक बिकासका लागि गृह कार्य गरेको बताउनु भयो ।

कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक ले शैक्षिक क्षेत्र को बिकासका लागि तिनै तहका सरकार हरु जिम्मेवार हुनु पर्ने बताउदै गुणस्तरीय तामा ख्याल राख्नु अभिभावक हरुको दायित्व रहेको बताउदै अर्घाखाँची जिल्लामा शिक्षा क्षेत्र को सम्रग बिकासमा अाफुहरुले बिगत देखि नै भुमिका खेलेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालि नगर शिक्षा अधिकारी युगल नारायण बस्याल शिक्षा ईकाई प्रमुख मणिराम पराजुली नगरपालिका का १२ वार्डका अध्यक्ष हरु कार्यपालिका सदस्य हरु हिक्षाबिद नगरबासि विभिन्न बिधालयका कर्मचारी हरुको सहभागी ता रहेको थियोे ।सम्मान कार्यक्रम नगरप्रमुख कमल प्रसाद भुसालको अध्यक्ष ता जीवन ज्ञबालि को स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।