Naya Khoz

अज्ञात व्यक्ति द्वारा वडा कार्यालयको मोटरसाइकल आगजनी

Posted By: Naya Khoz | September 3, 2019

सहयोगी बि. सि.: भदौ १७,अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वडा नं. ५ भगवतीको वडा कार्यालयको मोटरसाइकल अज्ञात ब्यक्तिले जलाएको छ।

घर नजिकै बाटोमा राखिएको सो मोटरसाइकल बिहान अन्दाजी ४:३० बजेतिर जलाइएको अनुमान गरिएको छ।मोटरसाइकल जलेर पुर्ण रूपमा नोक्सान भएको छ।
झन्डै उज्यालो हुने समय तिर मोटरसाइकल जलाईएकोले कसैले रिसिविबी साँजन सो कार्य गरेको हुन सक्ने अनुमान छ। त्यसो त मोटरसाइकल सरकारी भएकोले र बेवारिसे अबस्थामा देखेकोले तत्कालै अपराधिक मानसिकता भएको ब्यक्तिले जलायो कि भन्ने शंका पनि नगरेका होइनन।
त्यो मोटरसाइकल जलाउन टाढाको मान्छे त पक्कै आएन।सबैको अनुमान छ।
ब्यक्तिको भए पो लगानी लगाएको हुन्छ।चोरी हुन्छ कि कसैले जलाई दिन्छ कि भनेर ख्याल गरिन्छ। सरकारी सम्पत्ति जे सुकै होस भन्ने लापरबाही तरिकाले घर बाहिर बाटो बाटोमा राख्दै हिँडेकाले पनि त्यस्तो भएको हो।जलाउने भए त सबै वडाका मोटरसाइकल छन।तिनी हरु पनि त जलाउँथे भन्दै सामाजिक संजालमा वडा अध्यक्षको लापरबाही भन्दै आलोचना समेत गरेका छन।
जे जसरी यो घटना भएपनी त राज्यको सम्पत्ति नोक्सान हुनु हाम्रै नोक्सान हुनु हो।चनाखो होशियार हुने कुरामा त सबैले ख्याल गर्नुपर्‍यो ।यो घटना गराउँने जो को हि होस पत्तो लगाएर उचित कार्बाही गर्नुपर्दछ,भन्ने आम जनताको माग रहेको छ।