Naya Khoz

नेकपामा कार्य बिभाजन प्रचार बिभागमा मिश्र

Posted By: Naya Khoz | September 2, 2019

शोभाखर पन्थी: भदौ १६, अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले पार्टी एकताको काम पुरा गरेको छ । नेकपाको दोस्रो पुर्ण बैठकले जिल्ला नेताहरूको जिम्मेवारी ठोस गरे सँगै जिल्लामा पार्टी एकताले मुर्तरुप लिएको हो। नेकपाले जिल्ला कमिटी ,प्रदेश क्षेत्र समन्वय कमिटी ,पालिका,वार्ड तथा टोल कमिटीहरु निर्माण गर्नुका साथै विभिन्न बिभाग निर्माण तथा जनसंगठनका ईन्चार्ज र सहईन्चार्ज समेत चयन गरेको छ । कमिटी निर्माण सँगै नेकपाका करीब ३ हजार ५ सय कार्यकर्ता प्रत्यक्ष रुपमा पार्टी काममा जोडिएको नेकपाका प्रचार तथा प्रकाशन बिभाग प्रमुख तिलक मिश्रले बताउनुभयो ।

यसैबीच नेकपाको बैठकले ७ सदस्यीय जिल्ला कार्यालय निर्माण गरेको छ । कार्यालयमा अध्यक्ष चेतनारायण आचार्य,सचिव ठाकुर कुमार बि.क.किशोर ,सदस्य जनार्दन खनाल,जिवनारायण कोईराला ,पिताम्बर भुसाल ,जाकिर हुसेन ,राजेन्द्र भुसाल रहनु भएको छ । यसैगरी जिल्ला पार्टी कार्यालय सचिवमा लिलबहादुर बि.क.चयन हुनुभएको छ ।
यसैगरी बैठकले विभिन्न बिभाग हरुको निर्माण गरेको छ । जस अनुसार संगठन बिभाग प्रमुख ठाकुर कुमार बि.क.,उपप्रमुख दल बहादुर भट्टराई ,पार्टी स्कुल बिभाग प्रमुख पिताम्बर भुसाल ,उपप्रमुख कमल घिमिरे ,स्थानीय तह प्रमुख जनार्दन खनाल ,उपप्रमुख रेशम थापा,सामान्य प्रशासन बिभाग प्रमुख राजेन्द्र भुसाल ,उपप्रमुख दिपा पोख्रेल ,कोष तथा आर्थिक व्यवस्थापन बिभाग प्रमुख दल बहादुर भट्टराई ,उपप्रमुख युवराज भुसाल ,प्रचार तथा प्रकाशन विभाग प्रमुख तिलक मिश्र,उपप्रमुख नारायण खनाल ,स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख राम बहादुर चौहान,उपप्रमुख मित्रदेव पौडेल ,उद्योग तथा वाणिज्य बिभाग प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,उपप्रमुख कृष्णहरि भुसाल , निर्वाचन विभाग प्रमुख बुद्धिराम भुसाल ,युवा तथा खेलकुद विभाग प्रमुख शम्भु पोख्रेल ,उपप्रमुख ठाकुर सौराग ।

यसैगरी अन्य बिभागका प्रमुख र उपप्रमुखमा क्रमशः भौतिक पुर्वाधार तथा यातायात विभाग मा जाल्पा भुसाल र नारायण अर्याल ,वन तथा वातावरण बिभागमा रामचन्द्र पोख्रेल र रुकेश आले , शिक्षा तथा मानव श्रोत बिकास बिभागमा धुर्ब के.सी.र रुद्रमणि खनाल ,सहकारी तथा गरिबी निवारण बिभागमा बालकृष्ण आचार्य र विष्णु ढुङ्गाना,खानेपानी तथा सरसफाइ विभागमा राम वहादुर रायमाझी (ख) र लाल बहादुर कुमाल,जलश्रोत,सिंचाइ तथा उर्जा विभागमा ओपि पाण्डे र दुर्गा प्रसाद अधिकारी ,साहित्य ,कला तथा संस्कृति विभागमा लिल बहादुर बि.क. र सुमित्रा बन्जाडे,श्रम तथा रोजगार विभागमा रामबहादुर रायमाझी (क) र सफि मियाँ ,उपभोक्ता हित तथा आपुर्ति विभागमा माधव पन्थी र मिश्रा आचार्य,कृषि तथा भुमिसुधार विभागमा देब बहादुर खड्का र भोजबहादुर गन्दर्व,न्याय,कानुन तथा मानव अधिकार विभागमा कमला भण्डारी भुसाल र विष्णुमाया आचार्य,पर्यटन प्रवर्द्धन तथा नागरिक उड्ययन विभागमा पदम क्षेत्री र नारायण अर्याल ,पुस्तकालय तथा अभिलेख विभागमा माधव खनाल र लक्ष्मण नेपाली ,विज्ञान तथा प्रविधि विभागमा कुलबहादुर नेपाली र खगराज पोख्रेल ,समाजकल्याण विभागमा राधा नेपाली र पुष्पा भुसाल तथा शहरी बिकास विभाग प्रमुखमा भिम के.सी. र उपप्रमुखमा शुष्मा श्रेष्ठ चयन हुनुभएको छ ।यसैगरी प्रदेश निर्वाचन क्षेत्र नं.१ को अध्यक्ष प्रकास ज्ञवाली र सचिव धुवराज पाण्डे ,क्षेत्र नं.२ को अध्यक्ष जिवनारायण कोईराला र सचिव जाकिर हुसेन चयन हुनुभएको छ ।
यसैबीच बैठकले भुमिकास्थान नगरपालिकाको इन्चार्जमा खगेश्वर पन्थी , सहईन्चार्जमा ठाकुर सौराग,सन्धिखर्क नगरपालिकाको ईन्चार्जमा राजेन्द्र भुसाल ,सह ईन्चार्जमा युवराज श्रेष्ठ ,सितगंगा नगरपालिकाको ईन्चार्ज विष्णु गैरे ( विबेक) सह ईन्चार्ज कासिराम आचार्य,मालारानी गाउँ पालिकाको ईन्चार्जमा मानबहादुर पाण्डे ,सह ईन्चार्ज तिलक मिश्र,छत्रदेव गाउँ पालिकाको ईन्चार्जमा भविस्वर पाण्डे ,सहईन्चार्ज माधव पन्थी ,पाणिनी गाउँ पालिकाको ईन्चार्जमा बाबुराम घिमिरे र सह ईन्चार्जमा बिमला घिमिरे लाई चयन गरेको छ ।
यसैबीच बैठकले राष्ट्रिय युवासंघ नेपालको ईन्चार्जमा लिल बहादुर बि.क., सह ईन्चार्ज राम प्रसाद भट्टराई , अखिल नेपाल महिला संघको ईन्चार्जमा बिजुला रायमाझी , सहईन्चार्ज कमला भण्डारी भुसाल , खेलकुद महासंघको ईन्चार्जमा मोतिजङ्ग रायमाझी र सहईन्चार्जमा राजेन्द्र राना रहनु भएको छ ।


बैठकले अन्य जनसंगठन हरुको ईन्चार्ज र सहईन्चार्ज समेत चयन गरेको प्रचार बिभाग प्रमुख तिलक मिश्रले बताउनुभयो । उहाँका अनुसार शिक्षक संगठनमा सुवास चन्द्र बन्जाडे र शोभाखर पन्थी , मानव अधिकार तथा सामाजिक अभियानमा रामबहादुर रायमाझी र शुशीला गैरे,पेसागत महासंघ नेपालमा पदम क्षेत्री र लिल बहादुर बि.क.,कर्मचारी संगठनमा उमनाथ पौडेल र पुतला खनाल ,नेपाल मगर संगठनमा टीका रेश्मी र ऋषिराम रेश्मी,कुमाल संगठनमा सुमित्रा मुखिया र कमला भुसाल थापा,अपांगता महासंघ नेपालमा सारदा खनाल र लिल बहादुर बि.क.,भुमिहिन सुकुम्बासी संगठनमा भोज बहादुर गन्धर्व र विशाल खड्का ,नेपाल दलित मुक्ति संगठनमा विष्णु परियार र बेदलाल सुनार,अनेरास्ववियुमा नारायण खनाल र लक्ष्मण नेपाली ,नेपाल निर्माण व्यबसायी संगठनमा नारायण खनाल र नबराज रायमाझी, प्रेस संगठन नेपालमा प्रेमनारायण गैरे र राधा नेपाली ,नेपाल बुद्धिजीवी संगठनमा राम बहादुर रायमाझी र सुनिता बेल्वासे,जनसांस्कृतिक महासंघ नेपालमा प्रमिला क्षेत्री र बसन्त खड्का ,नेपाल मुस्लिम संगठनमा नजिर महमद मियाँ र सहिदिन मियाँ ,नेपाल उद्योग व्यवसायी महासंघमा युवराज श्रेष्ठ र युबराज ज्ञवाली ,अखिल नेपाल किसान महासंघमा सरत भुसाल र भेष बहादुर के.सी.,आदिवासी जनजाति महासंघमा सीता श्रेष्ठ र कृष्ण सारु,नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठनमा डिलाराम पाण्डे र विष्णुप्रसाद मिश्र,नेपाल कानुन व्यवसायी संगठनमा केवि भुसाल र दिपक पन्थी ,यातायात महासंघ नेपालमा चेतनारायण आचार्य र चन्द्रकान्त पौडेल रहनु भएको छ ।
यसैगरी नेकपाको बैठकले जिल्लाको सबै वडामा ईन्चार्ज समेत तोकेको छ ।यसरी ईन्चार्जको जिम्मेवारी पाउनेहरुमा भुमिकास्थान नगरपालिकामा वडा नं.१ देखि १० सम्म क्रमशः मणि पौडेल ,रुद्रमणि खनाल,मणि पौडेल ,सुवासचन्द्र बन्जाडे,नरेन्द्रमान मुखिया ,सुनिता बेल्वासे,जनक गैरे,सर्मिला पोख्रेल ,नारायण खनाल र तारापति भट्टराई हुनुहुन्छ ।
यसैगरी सन्धिखर्क नगरपालिकाको वडा नं.१ देखि वडा नं.१२ सम्म वडा ईन्चार्ज हुनेमा क्रमशः कृष्णहरि भुसाल ,केवी भुसाल ,सहिदिन मियाँ ,सफि मियाँ ,तुल्सीराम अधिकारी ,ईश्वरा पोख्रेल ,भेष बहादुर के.सी.,नारायण अर्याल ,खुबिराम आचार्य,मिश्रा आचार्य,माधब खनाल,धुर्बराज आचार्य रहनु भएको छ ।

सितगंगा नगरपालिकामा कासिराम पौडेल ,रामप्रसाद भट्टराई ,गोबर्द्धन थापा,बसन्त श्रेष्ठ ,तिलक भाट,ऋषिराम रेश्मि,गिरबहादुर थापा,रुकेश आले,भिम के.सी.,बिष्णु परियार ,बसन्त श्रेष्ठ ,धन बहादुर राना,गिता भाट र टीका रेश्मी रहनु भएको छ ।
यसैगरी मालारानी गाउँ पालिकामा क्रमशः दिपा पोख्रेल ,देब बहादुर खड्का ,पुतला खनाल,बसन्त खड्का ,मुनाल खड्का ,नारायण अर्याल ,विष्णुप्रसाद प्रसाद मिश्र,फन बहादुर पुन र विष्णु मिश्र ईन्चार्ज तोकिनु भएको छ ।
छत्रदेब गाउँ पालिकामा क्रमशः रामजी पाण्डे ,दिपक पन्थी ,नवराज रायमाझी ,रुपलाल पन्थी ,प्रदिप नारायण शाह,नबराज रायमाझी ,रामलाल पराजुली ,रामलाल पराजुली चयन हुनुभएको छ । पाणिनी गाउँ पालिकामा क्रमशः खगराज पोख्रेल ,चन्द्रकान्त पौडेल ,लक्ष्मी गौतम ,ईश्वरी पोख्रेल ,ईश्वरा के.सी.,मित्रदेव पौडेल ,नजिर महमद मियाँ र पार्वता सुनार लाई वडा ईन्चार्जको जिम्मेवारी दिईएको छ ।
यसैबीच नेकपाले पार्टी काम तथा योजनाहरुको अनुगमन गर्नको लागि पार्टी स्थायी कमिटीका सदस्य तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझी संयोजक र नेकपा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सह संयोजक रहेको ८ सदस्यीय उच्चस्तरीय पार्टी अनुगमन तथा सुझाव समिति गठन गरेको छ। समितिको सदस्यमा नेताहरू शुशिलाश्रीपाली,चन्द्रबहादुर खड्का उज्ज्वल ,चेतनारायण आचार्य,ठाकुर कुमार बि.क. ,रामजी प्रसाद घिमिरे जाल्पा भुसाल रहनु भएको छ ।