Naya Khoz

नेकपा अर्घाखाँचीले पायो पूर्णता

Posted By: Naya Khoz | August 30, 2019

नबिन के.सी:भदौ १३,अर्घाखाँची ।

पार्टि एकिकरणको लामो समय पछि नेकपा अर्घाखाँचीले पूर्णता पाएको छ । नेकपाको दोस्रो पूर्ण बैठकले ७ सदस्य रहेको कार्यलय समेत गठन गरेको छ । जस्मा अध्यक्ष चेतनारायण आचार्य ,सचिबमा ठाकुर कुमार बि.क ,कार्यालय सदस्यहरुमा जनार्दन खनाल , जीबनारायण कोईराला , जाकिर हुसेन , पिताम्बर भुसाल , राजेन्द्र भुसाल रहनु भएको छ । भने पार्टि कार्यालय सचिबको रुपमा लिलबहादुर बि.कले जिम्मेबारी पाउनु भएको छ ।

यस्तै प्रदेश निर्बाचन क्षेत्र नं १ को अध्यक्षमा प्रकाश ज्ञवाली र सचिबमा धुब्रराज पाण्डे र प्रदेश क्षेत्र नम्बर २ मा जिबनारायण कोईराला अध्यक्ष र सिचबमा जाकिर हुसेनलाई जिम्मेबारी दिएको छ । यस्तै स्थानीय तहहरुको ईन्चार्जर सह ईन्चार्जको समेत जिम्मेबारी तोकिएको छ । भुमिकास्थान नगरपालिकाको ईन्चार्जमा खगिश्वर पन्थी सह ईन्चार्जमा ठाकुर सौराग , सन्धिखर्क नगरपालिकाको ईन्चार्जमा राजेन्द्र भुसाल ,सह ईन्चार्जमा युबराज श्रेष्ठ , सित गंगा नगरपालिकाको ईन्चार्जमा बिष्णु गैरे सह ईन्चार्जमा काशिराम आचार्य , मालारानी गाउँपालिकाको ईन्चार्जमा मानबहादुर पाण्डे र सह ईन्चार्जमा तिलक मिश्र , छत्रदेब गाउँपालिककाको ईन्चार्जमा भबिश्वर पाण्डे र सह ईन्चार्जमा माधब पन्थी र पाणिनी गाउँपालिकामा ईन्चार्ज बाबुराम घिमिरे भुवन र सह ईन्चार्जमा बिमला घिमिरेलाई जिम्मेबारी दिएको छ ।

यस्तै जिल्ला सल्हाकार कमिटी अध्यक्षमा मोहनीराम घिमिरे सचिबमा गोपाल बन्जाडे , जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा खिमानन्द पन्थी र सचिबमा मणिराम पोख्रेल रहुन भएको छ । भने बैठकले बिभागको प्रमुख उपप्रमुख र संगठनको ईन्चार्ज र सह ईन्चार्ज समेत तोकेको प्रचार तथा प्रकाशन बिभागका प्रमुख तिलक मिश्रले जानकारी दिनु भयो ।