Naya Khoz

सन्धिखर्ककाे बराहनेटामा तिज गित प्रतियाेगिता सम्पन्न

Posted By: Naya Khoz | August 30, 2019

हिम लेकाली: भाद्र १३, अर्घाखाँची ।

सन्धिखर्क नगरपालिका बडा नं.३ काे आयाेजनामा सन्धिखर्ककाे बराहनेटामा तिज गित प्रतियाेगिता सम्पन्न भएको छ ।

सम्पन्न कार्यक्रमकाे अध्यक्षता वडा सदस्य श्रृजना बि .क ले गर्नु भएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले उद्घघाटन मन्तब्य राख्दै बिकास भनेकाे बाटाे घाटाे कुलाे कुलेसाे मात्र नभै कला संस्कृति संरक्षण सम्बर्द्धन पनि भएको बताउनु भएको छ । उहाँले तिज सांस्कृतिक पर्बहाे यस्काे यतिहासिक मर्म काे संरक्षण गर्दै तिजलाई भड्किलाे र विक्रत संस्कृतिबाट जाेगाउनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा नेकपा वडा नं ३ नं.सचिव चिरन भारति,
नेपाली काग्रेस ३ का सभापति गफार मिया ,नगर तरूणदल अध्यक्ष जमशेर मिया ,३ नं .तरूणदल अध्यक्ष सुदिप शाहि ,दुर्गा अाधारभुत बिद्यालय का प्रअ हरि बहादुर खड्का लगायतले तिजकाे शुभकामना मन्तब्य राख्नु भयकाे थियाे ।प्रतियाेगितामा खापडाडा श्रृजनशिल महिला समूह ले प्रथम स्थान ,स्वास्थ्य आमा समूह छापडाँडा दाेश्राे स्थान ,बराहनेटा महिला कृषक महिला तेश्राे स्थान र बराहनेटा आधारभुत बिद्यालय ले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विजेता टिमलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरियकाे थियाे । उद्घघाटन कार्यक्रमकाे सन्चालन सुदिप के .सि .र स्वागत का बा अध्यक्ष दलिराम साेमैले गर्नु भयकाे थियाे । कार्यक्रम काे निर्णायक मण्डल मा लुम्बिनी बाङ्गमय प्रतिष्ठान की राधा अाचार्य, नेपाल सांस्कृतिक संघ का प्रीतम परियार र पत्रकार महासंघ काअध्यक्ष हिम लेकाली ले गर्नु भएको थियाे । कार्यक्रम मा ६ टिमले भाग लियका थिए ।