Naya Khoz

मोहित मुनालको तीज गीत कोसेली “छिन्छ पोते छिन्दैन मायाजाल” बजारमा

Posted By: Naya Khoz | August 11, 2019

    कमल बिष्ट: श्रावण २६,अर्घाखाँची ।
    गायक मोहित मुनाल आफ्नो साङ्गितिक यात्राको शुरूवातती चरणको गीत “आइ हेट लभ यार” लाई दर्शक श्रोताले अत्यधिक रुचाएपछी निरन्तर नयाँ नयाँ गीत लिएर आउने गरेका छन, साङ्गितिक क्षेत्रलाई भविष्य बनाउने अठोटका साथ काठमाडौ छिरेका गायक मोहितको अहिले गाउँ घरमा तीजको माहोलले तातिरहेको बेला तीज गीति कोसेली ” छिन्छ पोते छिन्दैन मायाजाल” सार्वजनिक भएको छ ।

    जालकाडा म्युजिक प्रा लिको प्रस्तुति एबम बितरक रहेको उक्त गीतमा स्वार मोहित मुनाल, सम्झना रणपाल र सगुन बाबुराम, एरेन्ज कृष्ण भान्जाको रहेको छ भने भने लय शब्द मोहित मुनालकै रहेको छ ।

    गीतको म्युजिक भिडियोमा रिना थापा मगरको अभिनय, बिरेन्द्र भट्टको छायांकन , अनिल रानाको सम्पादन, मदन खड्काको निर्देशन रहेको छ भने बितरकको रुपमा जालकाडा म्युजिक प्रा. लि. रहेको छ ।

    भिडियो हेर्नुस् –