Naya Khoz

अर्घा भगवती विमानस्थलको शुभारम्भ

Posted By: Naya Khoz | August 8, 2019

हिम लेकाली : साउन २२, अर्घाखाँची ।

अर्घा भगवती विमानस्थलको निर्माण कार्य सुरु भएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका १० मा वुधवार विमानस्थल निर्माण कार्यको औपचारिक शुभारम्भ पुर्व उप–प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले डोजरमा चढेर गर्नुभएकाे छ ।


अर्घा भगवती विमानस्थलको निर्माण कार्यको शुभारम्भ गर्दै पुर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार रहेको बताउनु भएको छ । । पर्यटनको विकासका लागि हवाई सेवा प्रमुख रहेको भन्दै उहाँले आजवाट शुरु भएको अर्घा भगवती विमानस्थल समयमै सम्पन्न गर्न अाफुहरू लागि परेकाे बताउनु भयाे । उहाँले विमानस्थल निर्माण कार्यको सुरुवात सम्पूर्ण अर्घाखाँचीवासीहरुकाे गर्वको विषय भएको बताउदै निमार्णको जिम्मा पाएको कम्पनी लाई समयमै काम सम्पन्न गर्न समेत आग्रह गर्नु भयाे ।


कार्यक्रममा वौल्दै राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरु चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरे ,सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल ,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने ले विमानस्थल निर्माणको पूर्वतयारीमा लामो समय लागेपनि अब भने छोटो समयमै अर्घाखाँचीका जनताहरुले हवाईजहाजको सुविधा लिन पाउने कुराकाे थालनी भएकाे बताउनु भयाे । समस्या र चुनाैतीहरू छन् तिनिहरू लाई समाधान गर्न हामी सबै एक भएर लाग्छाै उहाँहरूले भन्नू भयाे ।उहाँहरुले लामो समयदेखि विमानस्थल निमार्ण हुन्छ कि हुदैन भन्ने अन्यौलता लगायतका धेरै वाधा अफ्ठाराहरु सवै समाधान भएर निमार्ण प्रकृया शुरु भएकाले निमार्णकार्य समयमै सम्पन्न हुने मा अाफुहरू बिश्वस्त रहेकाे बताउनु भयाे ।

ताेज बहादुर रायमाझी (बिधान) काे सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण का निर्देशक ई.प्रदिप अधिकारी ,गाैतमबुद्ध बिमानस्थल अायाेजना प्रमुख ई.प्रबेश अधिकारी ,अर्घा भगवती विमानस्थल याेजना प्रमुख ई.पुस्पराज न्याैपाने लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।

अर्घा भगवती विमानस्थलको पहिलो चरणमा ५ सय मिटर रनवे निमार्ण गर्ने जिम्मा पाएको निमार्ण कम्पनी लुम्बिनी–अर्घाखाची–पुष्पाजेभीले जानकारी दिएको छ । जेभीका प्रमुख नारायण वन्जाडेका अनुसार २०७७ साल कात्तिकमा आफुले ५ करोड ६९ लाख ६२ हजार ३ सय ३६ रुपैया बरावरको काम गरेर वुझाउने बताउनु भयाे । उहाँले अहिले कम्पनिले ५ सय मिटर लम्वाई र ३ सय ५० मिटरको चौडाईको रनवे निमार्ण गर्ने बताउँदै अवकाे ६ महिनामा पहिलाे चरणकाे काम पूरा गर्ने बताउनु भयाे ।” विमानस्थलको शुभारम्भ भएसंगै अर्घाखाँचीवासीहरुमा खुसीयाली छाएको छ । सयाैंकाे संख्या मा उपस्थिति सहभागी तथा जिल्ला बासिले याे कामकाे मुग्ध कन्ठले प्रशंसा गरेका छन् ।