Naya Khoz

बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

Posted By: Naya Khoz | August 6, 2019

असोक खनाल: २१ साउन अर्घाखाँची ।

जिल्ला आयोजना कार्यन्यन इकाई ,अनुदान ब्यब्स्थापन तथा स्थानीय पुर्बाधार अर्घाखाँची ले बाषिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ।

रास्ट्रिय सभाका सदस्य चन्द बहादुर खड्का को प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठी मा जिल्ला समन्वय समिती का उपप्रमुख ऋषि बहादुर पुलामी स्थानीय निकाएका प्रमुख हरु कमल प्रसाद भुसाल ,सुर्य अधिकारी,बालकृष्ण आचार्य ,लेख नाथ पोख्रेल अच्युत गौतम ,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने ,पत्रकार महासंघ का अध्यक्ष हिम बहादुर जिसि विभिन्न कार्यलय का प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।


गोष्ठीमा कार्यलय को बाषिक प्रगति प्रतिबेदन कार्यलय प्रमुख बलाराम मिश्र ले प्रस्तुत गरेका थिए गोष्ठी मा नेपाल पत्रकार महासंघ का जिल्ला अध्यक्ष हिम बहादुर जिसि ,प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने ,नगर प्रमुख कमल प्रसाद भुसाल रास्ट्रिय सभाका सदस्य चन्द बहादुर खड्का आ आफ्नो मन्तव्य राखेका थिए ।


जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल को अध्यक्षतामा सम्पन्न गोष्ठी मा मन्तव्य राख्दै प्रमुख अतिथी चन्द बहादुर खड्का ले भन्नू भयो बास्तबिक रुपमा अर्घाखाँची जिल्ला भुकम्प प्रभावित जिल्ला नभएता पनि अर्घाखाँची जिल्ला का केही दुरदर्शि नेताको कारण जिल्ला ले गर्भ गर्नु पर्ने भन्दै निरन्तरतामा गरिने बिकाश भन्दा सचेत प्रयत्न बाट गरिने बिकास ले पक्कै पनि फड्को मार्ने भन्दै योजना हरु लाई पुण रुपमा सफल पार्न सबैलाई आग्रह गर्नु भयो।