Naya Khoz

मौलिक तीज गीत “चट्ट कलम रेलिमै” सार्वजनिक ( भिडियो सहित )

Posted By: Naya Khoz | August 6, 2019

अभिनव चौहान:
अर्घाखाँची २१ श्रावण ।
यतिबेला तीजका गीतहरु बजारमा आउने लहर चलेको छ।त्यसैगरी यहीँ आइतबार मौलिक तीज गीत “चट्ट कलम रेलिमै” लाई युटुब मार्फत सार्वजनिक गरिएको छ।यो गीत अर्घाखाँची , पाल्पा , गुल्मी, स्याङ्जा लगायत आसपासका जिल्लाहरुमा परम्परागत रुपमै गाइदै आएको भाका हो।

यस्ता भाकाहरु पछिल्लो समयमा निकै चल्दै आइरहेका छन।यो गीतले पल्टनमा भर्ती भएपछि आफ्नो मान्छेलाई मन परेका कुरा किनिदिने भनेको पाइन्छ ।शोभाखर संगीत र चिना तामाङले स्वर दिएको यस गीतमा लय तथा शब्द सिर्जना भने शोभाखर संगीतकै रहेको छ।बिष्णु भट्टराईले निर्देशन , छायांकन तथा सम्पादन गरेको यस गीतमा सन्तोष , परि , सिरु र विश्वास लगायतका कलाकारहरुको अभिनय देख्न सक्नुहुनेछ ।भिडियो हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला ।

भिडियो सहित हेर्नुहोस-