Naya Khoz

बस दुर्घटना हुँदा १३ यात्रु घाइते

Posted By: Naya Khoz | August 4, 2019

-तस्बिर फाइल

तनहुँ : १९ साउन ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बा४ख ५९८८ नं को बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएका हुन । तिव्र गती हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।