Naya Khoz

सन्धिखर्क नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका कामदारले पारिश्रमीक पाएन्न्

Posted By: Naya Khoz | July 22, 2019

नबिन के.सी
अर्घाखाँची
सन्धिखर्क नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगर्त ३० दिन काम गरेका कामदारहरुले अहिले सम्म पारिश्रमीक पाउन सकेका छैन्न । शर्सत बजेट अन्तर्गतको रकम अषाढ मसान्त सम्म पाउनु पर्ने भए पनि श्रावणको ६ गते सम्म पनि उनिहरु बैकं जादै फर्कने गरेका छन । नगरपालिकाले दैनिक ५ सय १७ रुपैया पाउने गरि २ सय ४१ जनालाई ३० दिन काममा लगाएको थियो । नगरपालिकाले पैसा खातामा गयो भने पनि बैकं जादाँ बैकं पैसा आएको छैन केही दिन पछि आउनु भन्दै फर्कनु परेको छ । एक महिना सम्म बजारमा घाम पानि नभनी नालि सोर्ने तथा निर्माणको काम गरियो । काम गरेको समेत पैसा समयमा भुक्तानी नहुदाँ मर्कामा परेको कामदारहरुले गुनासो गरेका छन । यता सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिबन ज्ञवालीले अषाढको ३१ गते नै चेक काटेको भन्दै फलोअप नभएका कारण पैसा नगएको हुन सक्ने बताएका छन । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाललाई सम्पर्क गर्दा किन काम गरेका कामदारको पैसा पाएन्न तपाई जनप्रतिनिधीहरुले कार्यलयको कामको प्रगती बुझन्नु हुन्न भनेर जिज्ञासा राख्दा भुसालले भने ‘यसको सिस्टम छ खाता खोल्नु पर्दछ त्यही भएर नगएको होला । ’ सबैले खाता खोल्दा पनि नगएको गुनासो छ नी भन्ने जिज्ञासामा भुसालले थपे ‘यस बारे भोली बुझेर बताउनछु । उनिहरुले काम गरेको पाउनु पर्दछ । सबै श्रमिकहरुको नाममा चेक बनेपनि प्रमुख प्रशासकीय अधिकृतको बैकंको पत्रमा हस्ताक्षर नहुँदा समस्या भएकाृ प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोक हिरामणी पराजुलीले बताए । ‘हाम्रो सबैको बैकं खातामा रकम जम्मा गर्ने गरि मेगा बैकंको नाममा चेक बनेको छ । जिबन सर बिदामा भएका कारण उक्त पत्रमा हस्ताक्षर हुन बाँकी छ । त्यसैले ठिलो भएको हो । जिबन सर भोली आएमा उहाँहरुले भोली नभए पर्सी सम्म पैसा पाउनु हुन्छ । ’