Naya Khoz

NRN अस्ट्रेलिया चुनावमा बाबु छोरी विजय

Posted By: Naya Khoz | July 7, 2019

अस्टे्रलिया /२२ असार –

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाको हिजो भएको चुनाबमा ईन्जिनियर नारायण प्रसाद काफ्ले र उनकी छोरी अनुश्का काफ्ले विजय हुनुभएको छ। नारायण तारेमाम चिरबिरे संसारको उपनामले चिरपरिचित हुनुन्छ ।

नारायण काफ्ले आईसिसि सदस्यमा ३०९२ मत ल्याएर विजयी हुनु भएको हो थियो । अनुश्का काफ्ले भिक्टोरीया राज्यको नारी निकुंञ्ज एसएनएन सदस्यमा सहकर्मी साथीहरु मध्ये सबैभन्दा बढि ७८२ मत ल्याएर बिजयी हुनु भएको थियो ।

अनुश्का नेपाली समुदायमा हुने कार्यक्रममा बिगत केही बर्ष देखी बिभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागीता देखाउँदै आएकी हुन ।