Naya Khoz

पर्यटकीय स्थल अर्घाको घर्ती खोरमा अर्घाखाँचीका पत्रकार

Posted By: Naya Khoz | June 30, 2019

नबिन के.सी
अर्घाखाँची ÷रेडियो मालारानी
अषाढ महिनाको प्रचण्ड गम्रिमा सितल हाबा संगै हरियाली बातावरणको मनोरहम दृश्य हेर्ने रहर कस्को हुदैन र तर समय व्यबस्थापन र स्थान छनौट गर्न नसक्दा मानिसहरु अलमलमा परेका हुन्छन । अर्घाखाँची जिल्लामा बिभिन्न मनोरम दृश्य सहित गर्मीमौसममा सितलता प्रधान गर्ने धेरौ स्थान रहेका छन । त्यस मध्येको एक हो अर्घाको घर्ती खोर जहाँ बाट अर्घाखाँची जिल्ला सहित छिमेकी जिल्ला कपिलबस्तु र दाङ्ग समेत देखन सकिन्छ । सदरमुकाम सन्धिखर्कबाट ७ किलोमिटर गाडिको यात्रा गरेपछि बाईसे र चौबिसे राज्यको बेलामा राजाहरु बस्ने अर्घा दरबार संगै अर्घा भगवती मन्दिरमा पुग्न सकिन्छ । मन्दिरको दर्शन गरे संगै मैदान हुदै प्राकृतिक रुपमा स्टडियम जस्तो देखीने रानी गैरा र मसुरपाटामा रहेको मैदान साच्चिैकै हेर्न लायक छ । मसरुपाटा बाट केही उक्कालो बाटो लागे पछि घर्तिखोर भन्ने स्थानमा पुग्न सकिन्छ । जहाँ सानो गाउँ रहेको छ । भने उक्त स्थानबाट केही घण्टा हिडिेर घोर्लासीको लेकमा बनेको भ्यूटाबरमा पुगेर जिल्लाको अबलोकन संगै प्राकृतिक मनोरम दृश्य संगै हिमशृखंलाहरु समेत देखन पाईन्छ । भने कालिज , राते , मृग र चितुबा जस्ता जंगली जनाबारहरु समेत देख्न सकिन्छ । उक्त स्थानमा खानेपानीको समस्या रहेको भए पनी अहिले भने लिफट खानेपानी योजनाको काम सञ्चालनमा रहेकोले अब उक्त समस्या समाधान हुने स्थानी कृष्ण घर्तीले बताए । ‘यो ठाउँ बिकट थियो अहिले बाटो पनि बनेको छ । पानीको काम पनि चलिरहेको छ । अब बिद्युत पनि केबलवाला आउने भयो । ’ उक्त क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न तर्फ स्थानीय सरकारको ध्यान जानु पर्नेमा पत्रकार महासंघका प्रदेश सदस्य अशोक खनालले बताए । ‘यस क्षेत्रको बिकाश गर्न सबै लाग्नु पर्दछ , हामी जिल्लामा रहेका पत्रकारहरु यस क्षेत्रको पर्यटकीय बिकाशको लागी छलफल र स्थलगत अबलोकन गर्न जुटेका छौ । ’

 

यो स्थान होम स्टे बनाउनको लागी अत्यान्तै उत्तम

सुपा देउरालीमा आएका पर्यटकलाई सन्धिखर्कमा ल्याई सिद्धेश्वर शिबालय मन्दिरको दर्शन गराई , अर्घा भगवती मन्दिरमा पर्यटकलाई पुराई एक रात घर्तिखोरमा होम स्टे सञ्चालन गरि उक्त स्थानमा पर्यटक पुयाउने गरि काम गरेमा जिल्लाको बिकाश हुने निर्माण व्यबसायी बसन्त भुसालले बताए । ‘यो स्थान होम स्टे बनाउनको लागी अत्यान्तै उत्तम रहेको छ । मनोमोहक दृश्य अबलोकन गर्न पाईन्छ । यो स्थान पर्यटकहरुको गन्तव्य स्थल बन्न सक्दछ । ’आईतबार जिल्लामा रहेको क्रियाशिल पत्रकारहरु उक्त स्थानमा पुगेर स्थलगत अबलोकन गरेका छन ।

स्थलगत अबलोकन