Naya Khoz

फागुन १३ को राशी फल ,तपाई को दिन शुभ रहोस्

Posted By: Naya Khoz | February 24, 2019

फागुन १३ को राशी फल ,तपाई को दिन शुभ रहोस्

२०७५ साल फाल्गुन १३ गते सोमबार नेपाल सम्बत ११३९ सिल्लागा तदनुसार सन् २०१९ फेब्रुवरी २५ तारिक कृष्णपक्ष षष्ठी तिथि विहान १० वजेर ५३ मिनेटसम्म उप्रान्त सप्तमी तिथि,विशखा नक्षत्र राती ३ वजेर ३२ मिनेटसम्म उप्रान्त अनुराधा नक्षत्र,ध्रुवयोग,वणिज करण,आनन्दादियोग मित्र,सूर्य कुम्भ राशीमा,चन्द्रमा राती ९ वजेर ३१ मिनेटसम्म तुला उप्रान्त वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्पत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगती हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । मनोरञ्जनमा सहभागीता भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ । प्यारोसाथी संग भेट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्वपूर्ण अवसर गुम्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मानसिक चिन्ता वढ्नेछ । साँझमा अधिक पैसा खर्च हुने योगछ ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला तपाईको दिन शुभरहोस्