Naya Khoz

“आफ्नै पैसामा आफै बेचिन्न बाध्य छौ हामी नेपाली ” – समाजसेवी राम प्रसाद पराजुली

Posted By: Naya Khoz | February 5, 2019

देश को परिस्थिति र आफ्नो पिडा सबै दुख सुख भुलेर विदेशका गल्ली मा जीवन् गुजारा सजिलै सग चलाउने सपना धेरैले बुनेका हुन्छन । तर बिडम्बना विदेशमा आफुले सोचे जस्तो र भने जस्तो काम कमैले पाउने गर्छन । तर पनि आफ्नो घर परिवार र आफ्नो देशको हालत लाइ सम्झेर जस्तो भए पनि जति सुकै दुख पाएपनि आफु ले सहज जिन्दगी काट्न नसके पनि आफ्नो साहुको ऋण र परिवार को भविस्य लाइ सम्झेर त्यी दुखकस्टहरु कहिले रगत बाट त कहिले पानी सरि पसिना बाट बगाई आफ्नो मन लाइ सम्हाल्ने गरिन्छ ।

देश को अबस्था ले हामी गरिखाने वर्ग हरुलाई कहिले पनि सुख सग नत रात बिताउन दियो नत दिन मा आफ्नो मजदुरी गरि बिहान बिलुका सजिलै सग खान दियो यस्तै धेरै समस्या छन तर पनि मन लाई सम्हालेर हामी बस्न वाध्य भएका छौ । देश मा नत शान्ती छ नत निर्धक्क भएर हिडडुल गर्न सकिन्छ । शान्तिको नाउमा १० बर्ष जनयुद्ध गरेको एमाओबादी १० बर्ष जनयुद्ध मा खर्च गर्यो फेरी अहिले १० बर्ष संविधानसभामा लगायो । देशमा दिन्का दिन झन असुरक्षित हुँदै छ देश मा रोजगारिको अबसर नमिले पछी बिदेशिएका हामी नेपाली हरु नत निर्धक्क भएर आफ्नो जागिर गर्न सकेका छौ नत गाउ घरमा छाडेर आएका आफ्नो परिवारले सुख सग यहाँ दुख गरेर कमाएको केही आर्थिकले सुख सग खान पाएका छन । दिन का दिनको बन्द हडताल ले गर्दा स्कुल ,यातायात,सरकारी काम हरु , ब्यापार ब्यबसाय , सबै ठप्प छन । बर्षमा लग्भग ४ महिना भन्दा धेरै बन्द छ । आखिर बन्द हड्ताल ले हामी लाई नै आघात पुराएकै छ महगी हाम्रो लागि छ नेताको लागि हैन , बाटा हाम्रो लागि बन्द छन नेताको लागि हैन असुरक्षित हामी छौ , बिमारी भए हामीलाई ठाउमा पुराउन गाह्रो छ् नेतालाई हैन ,स्कुल शिक्षक सस्था हाम्रो लागि बन्द छन नेताको लागि हैन नेताका छोरा छोरी बिदेशमा पढने गर्छन् , बिदेशमा हामीले काम गरेर सुख सग हामी ले खान सकेका छैनौ नेताले हैन , कहाँनिर नेतालाई समस्या परेको छ् खै आखिर मर्ने त हामी सोझा साझा जनतानै हो ।

अब हामी नेपाली जनताले बुज्ने पर्ने अवस्था आएको छ यदी हामी ले देशलाई बचाउनु छ भने सधैं बिदेशिको आशा र् गुलामी गरेर बस्ने कती दिन? किन हाम्रो देशले कुसल नेता पाउन सकेन? कतै हाम्रो कमी कम्जोरी त छैन किन हामी २/४ दिन को रम्झममा भुलेकाछौ । हामी आफ्नै कम्जोरिका कारण आफ्नै पैसामा आफै बेचिएका छौ हामी नेपाली हरु हातमा सिप मनमा जोस र ज्यानमा जागर हुदा हुदै पनि हाम्रो नेपाली युवा शक्ति हरु आफ्नो सुनौलो सपना बोकी हामी नेपाली हरु विदेशिने क्रम अतिनै बढेको छ । हो हामी मानब भएर जन्म लिएर पछि यो समाजमा केहि आफ्नो लागि नभएर अरु को लागि भए पनि केहि गर्न जरुरि छ भने भावनाले गर्दा हजारौ सपनाको पोको पारी हरेक समस्या सग सामना गर्दै आफ्नो जन्म भुमि देखि धेरै टाडा जाने गरेका छौ आफ्नो र पारिवारिक जिम्मेवारी समेत पुरा गर्ने उदेश्यको लागि हामी जन्म भुमि छाडेर कर्म भुमिको रुपमा बिदेशलाइ बनाउन बाध्य बनेका छौ ।

विश्वभरी छरिएर बसेका हामी नेपालीहरुको संख्या अहिले अनुमानित रुपमा ३०/३५ लाखको हाराहारीमा रहेको अनुमान लगाइन्छ र जसमध्ये अधिकाम्श नेपालीहरु खाडीमुलुक मा छन् यसमा पनि अन्य देशमा भन्दा हामी नेपाली हरुले धेरै नै समस्या झेल्नुपरेको छ खाडीमुलुकमा । निश्चित नै हो हामी जुन प्रवासीने बेलामा जुन सपना देखेका हुन्छौ त्यी सबै सपना पुरा गर्ने अवस्था छैन १ कतिपय सोचे भन्दा राम्रो हुन्छ त कतिपए सोचे भन्दा बिपरित र दर्दनाक समस्या पनि भोग्नु परेको अवस्था छ भने कैयौं ठग दलालहरुबाट ठगिएका कारण बिचल्लीमा परेर न्यायको भिख माग्दै भौतारिदै हिड्नु परेको अवस्था पनि नभएको हैन । साथै धेरै जसो त हाम्रो नेपाली दाजु भाइ दिदीबहिनी हरु आफ्नो सरिर मात्रै भएपनि सकुसल आफ्नो जन्म भुमि मा फर्कन पाए पनि हुन्थ्यो भन्न पनि पुगेका पाइन्छन् आफ्नो देशमा रोजगारीको अबसर नमिले पछि प्रबाशी भूमिमा सस्तो मुल्यमा हाम्रो श्रम बेच्न बाध्य भएका हामी नेपालीहरु को धेरै नै समस्या छदै छ ।

त्यसमा पनि भाषा,खानपिन, रहन सहन र त्यो ठाउँ को बातावरणको समेतले हामी लाइ समस्यामा परेका छौ भने आफै लाइ आफ्नै पैसा मा बेचेर लाखौ रुपिया लगानी लगाएर हामी विदेशको विभिन्न ठाउ मा हरेक समस्य सग जुदै विदेशको हरेक कुनामा भौतारिदै हिड्ने गर्छौ हामी हाम्रो परिश्रम लाइ सस्तो मूल्यमा बेच्न बाध्य हामी नेपालीले बिदेशमा अनेकौ समस्यामा र झुटा मुद्धा , अनि अरुले गरेको गल्तिका कारण लाखौ रुपिया तिरेर निस्किने गरेका छौ त कोहि मृत्युको दिन पर्खदै बिदेशी भूमिका जेलमा बन्दक भएर बाच्न बाध्य भएका छौ हाम्रो सरकारको लापरबाही र राजनीतिक खिचातानीका कारणको साथ साथै हामी आफ्नो कमजोरी कारण यी समस्यामा फस्ने गरेका छौ । नेपाल बाट आउदा राम्रो काम भनेर आउछौ तर बिदेशमा आएपछि फस्ने गरेका छौ राम्रो काम र दाम नपाउने हामि नेपाली हाम्रा नेपाली दाजु भाइ दिदीबहिनीहरुको विदेशमा कुनै मानसम्मान र इज्जत छैन भने यो सब हाम्रो कानुन बिनाको नेपाली सरकार र हाम्रो नेपालमा भएका किरा मकौरा जस्तै मान्यता प्राप्त नभएका हजारौ मेनपावर कम्पनिको कारण पनि धेरै फसेका छौ ।

गाउ बाट आएर सहरमा बस्ने हाम्रा दाजु भाइ आफ्नो पकेट खर्चको लागि भएपनि हामी लाइ उपयोग गर्दै हामी गाउका सोजा साजा जनता लाइ फसाउदै इन्डिया बुम्बई हुदै बिदेशी भूमिमा पुराउने काम गरेको धेरै पाइन्छ । हो यस्तै समस्याहरुलाई हाम्रो सरकारको कुनै चासो नदेखिएको पछि हरेक बिदेशी मुलुकमा विभिन्न संघ सस्था गठन गरि त्यो ठाउँको हरेक समस्यालाइ सहज रुपमा समाधान गर्नको लागि हाम्रा नेपाली युवा हरु लागि परेको धेरै पाइन्छ भने त्यो समस्या त समाधान भएका पनि छन आफुले दिनभरी पसिना बगाएर कमाएको २/ ४ पैसा खर्च गरेर कसैको जिबन रक्षा हुन्छ भने हामी किन नगर्ने भन्ने विचारहरु पनि बिदेशी भूमिमा धेरै नै छन् भने कति साथि हरु कुलतमा लागेका छन् त् कतिपय पैसा कमाउने अभिलाषाले गैरकानुनी रुपमा कुलतकै धन्दा गरिरहेको देखिन्छ , किन दाजु भाइहरु जुवा रन्डी बाजी गरेर १२ /१५ बर्ष सम्म बिदेशी जिबन बिताएको पनि भेटिन्छ र देखिन्छ पनि आखिर किन यस्तो हुन्छ त ? हामी प्रबास पस्दा हामि सबैका समस्या एउटै हुन् त्यसैले सम्पूर्ण प्रवासीहरु एक परिवार नै हुन् भनि किन हामी नसोच्ने त ? यदि त्यसो हो भने हामी एक अर्का को पछि खुट्टा तान्ने होइन कि हामी एउटा सद्भाव र सहयोगको भावना राख्न्न पर्छ र बिकृति विसंगतीबाट आफुलाई मुक्त राखन जरुरि छ। आफुलाई आफुले नियालेर म र मेरो दायित्व के हो भन्ने प्रश्नको स्पस्ट जबाफ खोज्दै जीवनको यथार्थ धरातलमा उभिएर परिवार समाज र राष्ट प्रतिको जिम्मेवारी बहन गर्न जरुरि छ यहिनै समाज र समाज प्रतिको दात्यिव हो ।

राम प्रसाद पराजुली (समाज सेवी) , मालारानी -५ अर्घाखाँची
हाल कतार