Naya Khoz

स्कुल ड्रेसमा यस्ती देखिइन् नायिका करिश्मा मानन्धर (भिडियोसहित)

Posted By: admin | June 7, 2018

काठमाडौँ। ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेपछि चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् करिश्मा मानन्धर पढ्ने व्यक्ति लाई उमेर ले कुनै असर गदैन भन्ने उदाहरण बनेकी छन् । मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना गरेकी करिश्मा कक्षा ९ उत्तीर्ण भएर १० मा पुगेकी छिन्। अब उनी उक्त स्कूलबाट यही वर्ष सईई परीक्षामा सामेल हुने छिन्।

करिश्मा १४ वर्षको उमेरमा ८ कक्षा पढ्दापढ्दै पढाई छाडेर अभिनयमा होमिएकी थिइन् । त्यतिबेला टुटेको पढाईलाई ३० वर्षपछि जोड्दै उनी ४४ वर्षको उमेरमा विद्यालय भर्ना भइन् । र, मन लगाएर पढिन् ।

नायिका करिश्माले आफ्नो फेसबुकमा स्कुलको ड्रेस लगाएर बास्केटबल खेल्दै गरेको भिडियो राखेकी छन्। हेर्नुस् भिडियो।

Posted by Karishma Manandhar on Thursday, 10 May 2018