Naya Khoz

आर्यन र साम्राज्ञीको बाहिरियो यस्तो भिडियो

Posted By: admin | June 7, 2018

नायक आर्यन सिग्देलले निर्माण गरेको चलचित्र ‘कायरा’लाई साउनमा रिलिज गर्ने तयारी भएपनि अहिलेसम्म चलचित्रको फर्स्ट लुक पनि बाहिरिएको छैन। केही समय अगाडि चलचित्रको एक अस्पट तस्बिर सार्वजनिक भएको थियो जसमा आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डान्स गरिरहेका थिए।

तस्बिर सार्वजनिक भएपछि उनले कतिपय मिडियालाई उक्त तस्बिर हटाउन आग्रह समेत गरेका थिए। तर नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उक्त चलचित्रको छायाँङ्कनको तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन्।

यसैबीच उक्त चलचित्रको एउटा भिडियो सार्वजनिक भएको छ जसमा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सडकमा हिँडिरहेको देख्न सकिन्छ। हेर्नुस् भिडियो।